पश्चिम म्यानह्याटन न्यूयोर्कमा भूकम्पको धक्का महशुस
न्यूयोर्क । अमेरिकामा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । न्यू जर्सीको प्लेनफिल्ड सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५ दशमलव ५ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पपछि सर्वसाधारणले सामाजिक सञ्जालमा भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् ।
भूकम्पको धक्काले सर्वसाधारणमा त्रास छाएको छ । मानिसहरु घर र कार्यालयबाट सुरक्षित निस्किए । न्यूयोर्क शहर र न्यू जर्शीमा मा भूकम्पको धक्का महसुस गरिएको थियो। यद्यपी यी भुकम्पका कारण अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।
शुक्रबार विहान अमेरिकी समय अनुसार करिव १० बजेर २२ मिनेट जाँदा पश्चिम म्यानह्याटन न्यू योर्कमा भुकम्पको धक्का महशुस गरिएको छ ।