सेयर बजारमा गिरावट रोकिएन
काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम रोकिएन ।
नेप्से १.८५ अंकले घट्दै २०१०.२१ विन्दुमा रह्यो ।गत सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा थियो भने आइतबार १७.३० अंकले घटेको थियो ।मंगलबार १३ मध्ये फाइनान्स, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा जलविद्युत उपसमूह छ ।
१२७ कम्पनीको सेयरमूल्य घटेको छ भने १०९ को बढोत्तरी छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ छ । सोमबार २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो भने आइतबार ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको थियो ।घटेको बजारमा पनि गुराँस लघुवित्त र गणपति लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ ।
उपकार लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्तलगायतका सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।सर्वोत्तम सिमेन्टको सेयर उच्च कारोबारको सूचीमा पछाडि परेको छ । गोर्खाज फाइनान्सको १४ करोड ९८ लाखको सेयर किनबेच भएको छ ।
दोस्रोमा सर्वोत्तम छ । सेयरमूल्य प्रतिकित्ता ९४१ रुपैयाँबाट घटेर ९२५ रुपैयाँ भएको सर्वोत्तमको सेयर ९ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।सोमबार सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस्तै तारागाउँ रिजेन्सीको सेयर ७ करोड ४८ लाखको किनबेच भएको छ । आज घट्नेमा ज्योति विकास बैंकको ऋणपत्र–२०८७ छ ।मनकामना इन्जिनियरिङहाइड्रोपावर, तारागाउँ रिजेन्सी, मायाखोला हाइड्रोपावर, चिरख्वा हाइड्रोपावरलगायत घटेकाको सूचीमा छन् ।