डा. ह्यारी भण्डारीलाई किन सहयोग गर्ने ?
एक आप्रवासीका रूपमा झेल्नुपर्ने अनेकन् समस्या र चुनौतीहरूलाई छिचोल्दै, नेपाली अमेरिकनको समुदायलाई अमेरिकाको मूलधारमा निर्णायक तरिकाले समावेश गराउने अभियानमा डा. ह्यारी भण्डारी लाग्न भएको छ ।
विगत एक दशक भन्दा लामो समय देखि उहाँ निरन्तर रूपमा कठोर प्रतिज्ञाका साथ यो अभियानमा सरिक हुनुभएको छ । यिनै व्यक्तित्व कंग्रेशनल उम्मेदवार बनेर अगाडि बढी रहेका छन्।
अहिले उनी एउटा महत्त्वपूर्ण मोडमा उभिएका छन् र तपाईँहरू मार्फत आर्थिक सहयोगको लागि अनुरोध गरेका छन्। खासमा फेडरल ईलेक्सन कमिशनमा आफ्नो आर्थिक पक्षको मजबुत आधार प्रस्तुत गर्ने दिन नजिकिँदै गएको छ । यो यसर्थ पनि महत्त्व पूर्ण क्षण हो, किनकि यसले यो अभियानको महत्वलाई समेत सबैको सामु पारदर्शी रूपमा सार्वजनिक गर्ने छ ।
मानवीय सहयोगका प्रतिविम्ब
हजुरहरूलाई थाहा नै छ, कोभिडको महामारीको वेलामा मानिसहरू घर घरमा वन्दीको अवस्थामा थिए। के हुने र कसो गरी अगाडि बढ्ने भन्नेमा सबैमा शून्यता र अन्योल थियो । त्यो घडीमा पनि भण्डारी भने हरेक दिन समस्यामा परेकाहरूको लागि साथ दिन घरदैलो मात्र पुगेनन् के कसरी सहयोग र सहायता गर्न सकिन्छ भनेर अमेरिका भरिका समुदायसँग हातेमालो गरेर अगाडि बढेका थिए।
यसले गर्दा उनी एक सफलतम राजनीतिकर्मी र नागरिकको सेवामा समर्पित मानवीय संवेदना भएका नेताको रूपमा समेत स्थापित भएका छन्। आशा नभएकाको लागि आशा दिएर, समस्यामा परेकाहरूको लागि समाधानको मार्ग खोजेर , अकालमा मृत्युवरण गरेकाहरूको सदगद गर्दे परिवारका सदस्यहरूलाई सहानभुति दिन अहोरात्र खटिरहेका छन्, खटदैआएका छन् र खटी रहने छन्।
प्रवासमा अवश्य नै कठिन छ, अझ यहाँ आफन्तको निधन भएर नेपालमा बेचैनीको अवस्थामा रहेका परिवार जनका सदस्यहरूलाई कठिन घडीमा सान्त्वना दिँदै उनीहरूको शव व्यवस्था गर्न कुनै कसर बाँकी राखेका छैनन्। यसले उनको कार्यशैली र समुदाय प्रतिको दृढतालाई स्पष्ट पारेको छ ।
कोरोना महामारीको बेलामा उनी अग्रपक्तिंमा थिए, नेपालका लागि आवश्यक खोप खोज्न ह्वाइट हाउससँग देखि अन्य सरकारी निकायसँग समन्वय, लबिङ गरेका थिए । यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हजारौँ मानिसहरूको जीवनमा सीधा प्रभाव पारेको थियो । साथै अमेरिकामा रहेका नेपाली अमेरिकनहरू जसले जागिर गुमाएर बसेका थिए उनीहरूको लागि महत्त्व पूर्ण सहायता प्रदान गर्ने अभियान अगाडि बढाए, यसले बेरोजगारहरूको लागि लाखौँ डलरको सहायता उपलब्ध हुन सक्यो ।
साथै उनको शिक्षामा र युवाहरूको भविष्यमा गरिएको समर्पण पनि त्यति नै प्रभावशाली छ, धेरै नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्त गर्न मद्दत गरेर उनीहरूको उज्ज्वल भविष्यको आधार तयार गरेको छ। त्यस गैरी, कैयन आप्रवासन सम्बन्धी विषयहरूमा समाधानको मार्ग खोज्न फेडरल साझेदारहरूसँग काम गर्नुले पनि उनको योगदान कति छ भन्ने प्रमाण पेस गर्दछ । यसले कतिपयको जीवनमा परिवर्तन ल्याएको छ भने हामीहरूको समुदायको बनोटलाई समेत थप मजबुत बनाएको छ । अर्को तर्फ मेरील्याण्डमा निर्माण गरिएका, गरिँदै गरेका नेपाली समुदायका भवनहरूका लागि लगभग दश लाख डलर रकम जुटाउन उनी सफल भएका छन्।
यी कुराहरूमा गौरव नगर्ने को नै होला र ? यी सबै कुराहरूलाई अझै व्यापक र फराकिलो बनाउने दौडमा होमिनका लागि उनले कंग्रेशमा उम्मेदवारी दिएका छन्। उनको यो अभियानलाई सार्थक बनाउन ठुलो रकमको आवश्यकता पर्दछ ।
तसर्थ फेडरल ईलेक्सन कमिसनको समय सीमा आज भएकाले यो प्रक्रियालाई सार्थक बनाउन र हामीहरूको सपनालाई एउटा निर्णायक विन्दुमा पुर्याउन आर्थिक रूपमा सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौँ । यो हामी र हाम्रो समुदायको लागि महत्त्वपूर्ण, समावेशी, प्रभावकारी प्रतिनिधित्वको लागि ठुलो योगदान पनि हो ।
तपाईँको यही योगदानले आज यस अभियानलाई अगाडि बढाउन सक्छ, साथै सुनिश्चित त पनि गर्ने छ की तपाई हामीहरूको एक सिद्ध नेता, जसले सेवा र समुदाय उत्थानमा सदैव आफूलाई अग्रपक्तिंमा राखेर प्रतिबद्धताका साथ अगाडि बढी रहेका छन्। उनको यो अभियानलाई अझ विस्तारित रूपमा राष्ट्रिय स्तर सम्म पहुँच निर्माण गरेर झन् ठुलो प्रभाव पार्ने मौका पाउन सक्छन्। यो एक व्यक्तिको भन्दा तपाई हामीहरूको लागि गौरवको विषय हो । यसले तपाई हाम्रै जीवनकालमा एउटा महत्त्वपूर्ण प्रभाव र सकारात्मक परिवर्तनको विरासतलाई जारी राख्ने कुरा पनि हुनेछ ।
कसरी मद्दत गर्न सक्नुहुन्छ ?
हजुरहरूको सानो योगदान पनि महत्त्वपूर्ण हुनेछ, उखान नै छ नि एकसरो धागोले बलियो डोरी बन्दैन । तसर्थ हजुरहरूको योगदान, जति सानो भए पनि, यसले फरक पार्दछ । यो हामीहरूको सामूहिक भावना र शक्तिले हाम्रो भविष्यलाई राम्रो बनाउन सक्ने विश्वासको प्रमाण पनि हो । आज, समय सीमा नजिकिँदै गर्दा, तपाईँको समर्थन महत्त्वपूर्ण मात्र होइन यो परिवर्तनकारी यात्राको लागि एक ऐतिहासिक अवसर पनि हो । यसले अल्पसङ्ख्यकहरूलाई पुरस्कृत गर्ने र समुदायको शक्तिलाई श्रेष्ठतम भलाइका लागि प्रयोग गर्ने नेतृत्वको सोच,ईमान्दारिता र दृष्टि कोणमा गरिएको लगानी पनि हो।
हामीहरूको यस महत्त्वपूर्ण निर्णायक पलमा हातेमालो र साथ दिनुहोस्। यसले हामीहरूको आवाज र भावनालाई अमेरिकाको क्यापिटल हिलमा ठुलो र स्पष्ट रूपमा सुनिने ढोका खोल्नेछ ।
यो यही समय हो, जहाँ समुदायको वहृत्तर हित र भलाइको लागि खटिरहने व्यक्तित्वलाई साथ,समर्थन र हौसला दिने दिन पनि हो ।
त्यसैले आजै र अहिले नै तपाईँले जे जति रकम सक्नुहुन्छ कृपया डोनेसन दिनुहोला ।
तपाईँको सानो सहयोग, भविष्यका कर्णधारहरूका लागि सयौँ अवसरको ढोका खोल्ने महत्त्वपूर्ण आधारशिला हुनेछ । इतिहास वनाऔ, सक्दो डोनेसन गरौँ ।।
थप जानकारीको लागि , कृपया सम्पर्क गर्नुहोस् ।
म्याट केस्लर
क्याम्पेन म्यानेजर
harry@harrybhandari.com
240 619 0546
सहयोगको लागि यो लिङ्कमा गएर गर्न सक्नु हुने छ।
https://secure.actblue.com/donate/hbwebsite
तपाईँहरूको साथ सहयोगको लागि हार्दिक धन्यवाद ।।।।