युएस ओपन करातेमा डिस्काका २० खेलाडीले भाग लिँदै

Getting your Trinity Audio player ready...
|
टेक्सस/ विश्व करातेको चर्चित मध्येको एक युएस ओपनमा ड्रुकईन्ट्रनेसनल सितोरियो कराते डो एसोसिएसन ( डिस्का) बाट दुई दर्जन खेलाडीले भाग लिने भएका छन्।
डिस्काका कोषाध्यक्ष एवं टिम व्यवस्थापक टेक नेपालका अनुसार अमेरिकाको विभिन्न राज्यबाट डिस्काका २६ खेलाडी र सात जना अफिसियल अहिले टेक्सस पुगेका छन्।
डिस्काका खेलाडीले टेक्ससको फोर्टवोर्थमा हुने युएस ओपन र जुनियर च्याम्पियनसिप कपमा प्रतिस्पर्धा गर्ने छन्। जुनियर च्याम्पियनसिप मार्च २९ तारिख शुक्रवार बाट सुरु हुने छ।
यस्तै युएस ओपन मार्च ३० र ३१ तारिख हुँदै छ। ‘हाम्रा २० खेलाडीले दुवै प्रतियोगितामा भाग लिन्छन्।’ डिस्का कोषाध्यक्ष टेक नेपालले समाज टाइम्स सँग भने।
डिस्काले सन् २०१९ देखि युएस ओपनमा खेल्दै आएको छ। डिस्का नेपाली भाषी भुटानी समुदायले सन् २०१७ मा स्थापना गरेको संस्था हो।
खेलाडीका साथै डिस्काका अध्यक्ष डा. हेमन्त लामा, प्रमुख प्रशिक्षक सेन्सी रण राईले निर्णायकको भूमिका निभाउने छन्। यस्तै
सेन्सी निम लामा, सेन्सी याम विष्ट, सेन्सी राज बराल र सेन्सेई टेक नेपाल पनि निर्णायकमा रहनेछन् ।
र यो पनि…