क्यानडा विरुद्ध अमेरिकाले गर्यो क्रिकेट टिम घोषणा

पेन्सिल्भेनिया/ युएसए क्रिकेटले क्यानडा विरुद्धको टी २० सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
पाँच खेलको शृङ्खला अप्रिल सात तारिख बाट टेक्ससको ह्युस्टनमा सुरु हुनेछ।
युएसए क्रिकेटले बिहीबार टिम घोषणा गरेको हो। टिमको कप्तानमा मोनांक पटेल रहेका छन्।
यस्तै अन्य खेलाडीमा आरोन जोन्स (वीसी), एन्ड्रिज गौस, कोरी एन्डरसन, गजानन्द सिंह, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रावलकर, शाडले भान शाल्कविक, स्टीवन टेलर, उस्मान रफिक छन्।
बैकल्पिक खेलाडीमा जुआनोय ड्रिसडेल, साइतेजा मुक्कामल्ला, शायन जहाँगीर छन्।
