मधेसी एसोसिएसन इन अमेरिकाले विभिन्न राज्यमा होली मनायो
पेन्सिल्भेनिया/ मधेसी एसोसिएसन इन अमेरिका (मा) ले अमेरिकाका विभिन्न राज्यमा धूमधाम होली मनाएको छ।
मा ले टेक्ससको डलास, जर्जियाको एटलान्टा, फ्लोरिडा, क्यालिफोर्निया, म्यासाचुसेट्स र पेन्सिल्भेनियाको फिलाडेल्फिया तथा पिट्सबर्गमा शनिवार र आइतबार होली मनाइएको हो।
मा का अध्यक्ष डा. सङ्गीत रौनियारका अनुसार मौसमका कारण भर्जिनिया र न्यु योर्कका होली कार्यक्रम मार्च ३० तारिख शनिवार र मार्च ३१ तारिख आइतबारका लागि सारिएको छ।
‘जहाँ जहाँ कार्यक्रम भयो त्यहाँ राम्रो उपस्थिति रह्यो।’ अध्यक्ष रौनियारले भने,’सहभागी र च्याप्टर अध्यक्ष तथा टिमलाई धन्यवाद दिन चाहन्छु।’
अध्यक्ष रौनियारले केन्द्रीय समितिका पदाधिकारीले पनि कार्यक्रम सफल पार्न उल्लेख्य भूमिका खेलेको बताए।
‘केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मनोज सिंह,उपाध्यक्ष नवीन साह,प्रमोद गुप्ता, धर्मेन्द्र झा, प्रवक्ता सुभाष बैठा, सह कोषाध्यक्ष प्रमोद रायलाई सहकार्य गरेकोमा धन्यवाद दिन चाहन्छु। ‘ रौनियारले भने।