सीबीपीअधिकारीद्वारा रिपोर्ट नगरिएको एक लाख २४ हजार अमेरिकी डलर जफत
ईगल पास, टेक्सस – ईगल पास पोर्ट अफ एन्ट्रीमा अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीहरूले गाडी भित्र लुकाइएको रिपोर्ट नगरिएको एक लाख २४ हजार अमेरिकी डलर भन्दा बढी रकम बरामद गरेको छ।
क्यामिनो रियल इन्टरनेशनल ब्रिजमा बुधवार, सीबीपी अधिकारीले चेकजाँचको क्रममा ४८ वर्षीय पुरुष मेक्सिकन नागरिकले चलाएको दक्षिणतर्फ जाने गाडीमा सो रकम जफत गरेका हुन्।
प्रारम्भिक निरीक्षण पछि, सीबीपी अधिकारीहरूले गहन चेकजाँचमा गाडी भित्र लुकाइएको गैर-रिपोर्ट गरिएको मुद्रामा कुल एक लाख २४ हजार ५२ डलर भेटेको जनाइएको छ।
होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका विशेष एजेन्टहरूले चालकलाई पक्राउ गरी आपराधिक अनुसन्धान सुरु गरेको जनाएका छन्।
सीबीपीको विज्ञप्ति अनुसार अमेरिकामा दश हजार डलर भन्दा बढी बोक्नु कुनै अपराध होइन, तर अमेरिका प्रवेश वा निस्कँदा सीबीपी अधिकारीलाई दश हजार वा सोभन्दा बढीको मुद्रा वा मौद्रिक उपकरण घोषणा नगर्नु वा रिपोर्टिङ आवश्यकताहरू बेवास्ता गर्ने उद्देश्यले लुकाउनु संघीय अपराध हो।
घोषणा गर्न असफल भएमा मुद्रा जफत वा गिरफ्तारी हुन सक्छ। व्यक्तिले सीबीपी अधिकारीहरूले जफत गरेको मुद्रा फिर्ताको लागि निवेदन दिन सक्छ, तर याचिकाकर्ताले मुद्राको स्रोत र उद्देश्य प्रयोग वैध थियो भनेर प्रमाणित गर्नुपर्छ।