ड्रुक सितोकाईको पहिलो काता च्याम्पियनसिप: फार्गो कराते क्लब बन्यो च्याम्पियन
ओहायो/ ड्रुक सितोकाईले शनिवार आयोजना गरेको अनलाइन ड्रुक ओपन काता च्याम्पियनसिपमा फार्गो कराते क्लब च्याम्पियन भएको छ ।
ड्रुक सितोकाईको ऐतिहासिक काताको नयाँ प्रविधिसहित अमेरिकाका पाँच राज्य र क्यानडाका दुई प्रान्तका ९ विभिन्न कराते क्लबका एक सय २७ खेलाडीले निकै उत्साहका साथ भाग लिएको आयोजकको भनाई छ।
च्याम्पियनसिपमा युनाइटेड सितोरियो दोस्रो र ओहायो कराते क्लबले तेस्रो स्थान हासिल गर्न सफल भए।
पहिलो भएको फार्गोले १६ स्वर्ण १२ रजत र चार कास्य गरि ३२ पदक जित्यो। दोस्रो भएको युनाइटेड सितोरियोले १५ स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्यो। यस्तै तेस्रो भएको ओहायो कराते क्लबले नौ स्वर्ण, चार रजत र ११ कास्य जित्यो।
च्याम्पियनसिपमा फार्गो कराते क्लब, युनाइटेड सितोरियो कराते, ओहायो कराते क्लब, ड्रुक सितोकाई गल्फ डोजो, टाक्स लेक्स डोजो, टाक्स लुइसभिल डोजो, लेग्थब्रिज डोजो, डिस्का कारलय डोजो पेन्सिल्भेनिया र जर्जिया डोजोले भाग लिएका थिए।
कराते समुदाय भित्र एकता र उत्कृष्टता को भावनाका लागि यो प्रमाण भएको आयोजकको दाबी छ।
यस च्याम्पियनसिपमा सञ्चालनमा एक, लजिस्टिकमा दुई र युएस एनकेएफका रेफ्री र जज एए र ड्रुक सितोकाईको आधिकारिक प्रमुखको नेतृत्वमा १० अधिकारीसहित कुल ५० विधा समावेश गरिएको सेन्सी माया लेप्चाले बताइन् ।
सेन्सी विमल मगरले सबै सहभागीहरूको सहकार्यले प्रतियोगितालाई सहज रूपमा सम्पन्न गर्न र सहभागीहरूबिच आपसी मेलमिलापको भावना बढाएको बताए ।
ड्रुक सतोकाईले करातेको वृद्धि र विकासलाई प्रवर्द्धन गर्न सँगै मिलेर काम गर्ने महत्त्वलाई जोड दिँदै, अन्य डोजहरूसँग एकता र सहकार्यमा ध्यान केन्द्रित गर्ने, ड्रुक सितोकाईका प्रवक्ता मदन राईले बताए।
दिगो, उत्प्रेरक, प्राप्त गर्न सकिने, सम्मान र विश्वासमा जोड दिएर स्मार्ट संस्कृतिप्रति संगठनको प्रतिबद्धताले भविष्यका प्रयासहरू र साझेदारीहरूको लागि बलियो आधार बनाउँछ। सबै सहभागीहरूको उत्कृष्ट प्रदर्शन र सबै पदाधिकारीहरूको निष्पक्ष र विवेकपूर्ण निर्णयले च्याम्पियनसिप सम्पन्न भएको सेन्सी माया लेप्चाले बताइन् ।
त्यसै गरी समय र विज्ञता खर्च गर्ने सबै पदाधिकारीको लगनशीलता र मिहिनेत बिना कार्यक्रमको सफलता सम्भव नहुने बताए, लजिस्टिकमा कार्यरत सेन्सी राज मगरले ।
त्यस्तै लुइसभिल डोजोका सेनपाई दिपेन अधिकारीले च्याम्पियनसिप उत्कृष्ट र निष्पक्ष रूपमा सम्पन्न भएको बताए ।
त्यस्तै ड्रुक सितोकाईको आयोजनामा भएको च्याम्पियनसिपमा सेन्सीहरु माया लेप्चा, भीम थापा, डेनी तामाङ, विशाल गुरुङ, हरि सिवाकोटी, टेक राई, कमल थापा, सन्ता राई, तुला ढकाल, डम्पा थापा सञ्चालनमा, राज मगर र मणि राई रसदमा थिए। सेन्सी यदु कुइँकेल पनि डोजो प्रशिक्षक थिए।
आयोजकको दाबी अनुसार भुटानी करातेको इतिहासमा धेरैजसो क्लबहरू एकसाथ जोडिएको पुनर्वास पछिको यो पहिलो खेल हो ।