न्यु योर्कमा ओएनएफको अन्तरक्रिया,मन्त्री चौधरीको सम्बोधन
न्यु योर्क / प्रवासी नेपाली मञ्च, (ओएनएफ) अमेरिकाको पहल र न्यु योर्क राज्य कमिटीको सक्रियतामा आइतबार न्यु योर्कमा भएको अन्तरक्रियामा नेपाल सरकारका महिला, बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्बोधन गरेकी छन्।
कार्यक्रममा न्यु योर्कमा रहेका ५३ संस्थाहरूको १०३ जना सदस्यहरूको सहभागिता रहेको जनाइएको छ।
न्यु योर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित सीएसडब्लु-६८ औ महासभामा नेपाल सरकारको नेतृत्व गर्दै न्यु योर्क आएकी नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी मन्त्री चौधरीले सम्बोधनका क्रममा नेपालको समसामयिक परिस्थिति, नेपाल सरकारको भूमिका र आगामी कार्यदिशा सम्बन्धमा विस्तृत जानकारी गराएकी थिइन।
कार्यक्रमका विशेष अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य सभासद् डा. बिन्दा पाण्डेले सीएसडब्लुको ६८ औ महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ संस्थाबाट सहभागीहरूको भूमिकाको बारेमा प्रस्टाउँदै नेपालबाट सहभागी हुन आउनु हुने सहभागीहरूको भूमिका थप विषय केन्द्रित हुनु पर्ने सुझाव सहित आफ्नो भूमिका र अनुभव सुनाएकी थिइन्।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य सभासद् शान्ता चौधरीले नेपालमा आफू १८ वर्षसम्म कमलरी बसेको अनुभव बताउँदै आफ्नो सङ्घर्षपूर्ण जीवनमा झेल्नु परेका पिडा बारेमा बताएकी थिइन। उनले नेपालको संविधानसभा सदस्य हुँदा र आफूले पाएको जिम्मेवारी निर्वाह गर्दा भोगेको अनुभव सुनाउँदै संयुक्त राष्ट्रसङ्घ सम्मको यात्राका अनुभव र देखिएका सुधार गर्नु पर्ने पक्षहरूको बारेमा बताउँदै न्यु योर्क आयोजित कार्यक्रममा सबै राजनीतिक आस्थाका नेताहरू, सबै संघ संघ संस्थाका प्रमुख एवं प्रतिनिधाहरू एउटै स्थानमा सहभागी भई सबै यो कार्यक्रममा सहभागिता भएकोमा खुसी व्यक्त गरिन्।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले समग्र सङ्गठन बिस्तारको अभियान र प्रवासमा प्रवासी नेपाली मञ्चको राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिकाको सन्दर्भका बारेमा बताएका थिए।
ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम आयोजनाको उद्देश्य, कार्यक्रम तयारी एवं व्यवस्थापन सहित अतिथिहरूको समायोजन गरी संगठनको लक्ष्य र कार्यनीतिका बारेमा सहभागी एवं अतिथिहरूलाई जानकारी गराउँदै कार्यक्रमको संयोजन गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।
न्यु योर्कमा अवस्थित अधिकार संस्थाकी कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले समग्र अमेरिकामा नेपालीले भोग्नु परेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानुनी सहयोगको बारेमा बनाएकी थिइन्।
जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक आङ छिरिङ शेर्पा, एनआरएनए न्यु योर्क च्याप्टरका पूर्व सचिव बासु लामिछाने, गोरखाली समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, ओएनए न्यु योर्क राज्य कमिटीका सहसचिव शम्भु राई, अन्तर्राष्ट्रिय तामाङ परिषद् -उपमहासचिव लाक्यन लामा, ओएनए अन्तर्राष्ट्रिय कमिटी सदस्य एवं महिला विभाग प्रमुख कुन्ती थापा, महादेश सदस्य अशोक कार्की, धादिड्ग समाजका सदस्य सागर अधिकारी लगायतका सहभागीहरूले विभिन्न समस्याका पासपोर्ट नवीकरण, भिसा प्रक्रियामा कठिनाइ बारेमा प्रस्टाएका थिए।
उनीहरूले दोहोरो नागरिकता, गैर आवासीय नागरिकता, नेपालमा चलिरहेको सरकार परिवर्तनको अवस्था र प्रभाव, जनजाति प्रतिको हेराई र सङ्घीयता कार्यान्वयनमा देखिएको अन्यौलता एवं जनगुनासो बारेमा आ आफ्नो धारणा राखेका थिए।
यस्तै नेपालमा खोलिने डलर खाता, युवा एवं प्राविधिक ज्ञान, सिप र क्षमता भएका नेपालीहरूलाई नेपालमा नै राख्ने र विदेशमा रहेका यस्ता क्षमतामान नेपालीलाई नेपाल फर्काउने सन्दर्भमा अतिथि सँग प्रश्न गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघ (युएन) का लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोक बहादुर थापा, अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा. अर्जुन कार्की, नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटी सदस्य सरस्वती नेपाली, युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल लगायत युएनको कार्यक्रममा आएका नेपाल सरकारका सचिव एवं अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेवाड्ग, न्यु योर्क डमोक्रेटिक क्लबका अध्यक्ष ज्ञानल थापा, न्यु योर्क मेयरका सल्लाहकार नवराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुष्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्ट र एनआरएनए न्यु योर्क च्याप्टर उपाध्यक्ष उपाध्यक्ष लक्ष्मी थापाको उपस्थिति रहेको थियो।
कार्यक्रममा जनजाति महासंघका उपाध्यक्ष ममता राई, महासचिव दीपक चौधरी लाइनस् क्लब अफ क्वीन्सका अध्यक्ष रक्ष्मी श्रेष्ठ, हामी गोलबर नेपाली अमेरिका अध्यक्ष शोभाकान्त पाण्डे, न्यु योर्क अध्यक्ष वीरेन्द्र जङ्ग केसी, शेर्पा संघ अमेरिका अध्यक्ष एपी सेर्पा, नेपाली अमेरिकन कलाकार संघ अध्यक्षकी बसन्ती राई, कास्की समाजका अध्यक्ष डम्बर जङ्ग गुरुङ पनि कार्यक्रममा सहभागिता रहेको थियो।
ओएनएफएका अन्तर्राष्ट्रिय सल्लाहकार फुरी शेर्पा, पर्यटन दूत प्रदीप श्रेष्ठ र केशव राम राई लगायत ५३ संस्थाका प्रतिनिधि एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूबाट जिज्ञासा एवं सुझावहरूका सन्दर्भमा कार्यक्रमकी प्रमुख अतिथि मन्त्री भगवती चौधरी, अतिथिहरू डा. बिन्दा पाण्डे र शान्ता चौधरीले सबै जिज्ञासा मेटाउने प्रयास गरेका थिए।
ओएनए न्यु योर्क राज्य कमिटीका उपाध्यक्ष गोपी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम ओएनएफ न्यु योर्क राज्य कमिटी सचिव बलभद्र खडायतले सञ्चालन गरेका थिए।
ओएनएफ अमेरिकाका उपसचिव एवं ओएएफ उत्तर-पूर्वी इन्चार्ज कृष्ण आचार्यले धन्यवाद ज्ञापन गरेका थिए।