पूर्व सभामुख महरालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेको छ ।
आयोगले सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई कारबाही गर्न सिफारिश गरेको स्रोतको दाबी छ ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बिहीवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
आयोगको प्रतिवेदन पढेपछि रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।