अमेरिकाबाट युरोपमा गाँजा तस्करी बढ्दो, महिला पनि संलग्न

बाल्टिमोर/ अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले फेब्रुअरी २५ तारिख वाशिंगटन अन्तर्राष्ट्रिय थर्गुड मार्शल एयरपोर्टमा २२ बर्सिया एक यात्रुलाई गाँजा तस्करीको आरोपमा पक्राउ गर्यो।
अमेरिकाको क्यालिफोर्नियाकी ती महिला लन्डन जाने तयारीमा थिइन्। उनको सुटकेसमा शङ्कास्पद बस्तु देखे पछि अधिकारीले त्यसलाई नियन्त्रणमा लिई ती महिलालाई मूल गेटमा रोकेको थिए।
ती महिलाको सुटकेसबाट अधिकारीले ३२ पाउन्ड गाँजा बरामद गरे। सीबीपीले जारी गरेको प्रेस नोटमा अधिकारीले ती महिलालाई कुनै चार्ज नगरिएको तर आपराधिक अनुसन्धान जारी रहेको उल्लेख छ।
अफिसरहरूले रेक्जाभिक, आइसल्यान्ड जाने उडानमा भरिएको सुटकेसमा गाँजा फेला पारेको जनाएका छन्। यात्रीको लन्डनमा फलो-अन यात्रा थियो।
अधिकारीहरूले सुटकेसबाट गाँजाको ३० भ्याक्युम-सिल गरिएका प्याकेजहरू निकालेका थिए। अमेरिकामा सो गाँजाको बजार मूल्य एक लाख ५० हजार डलर रहेको बताइएको छ। तर युरोपमा दुईदेखि तीन गुणा बढी पाउन सक्छन्।
सीबीपीले अमेरिकामा आधारित उत्पादकहरू र खुद्रा बिक्रेताहरूले युरोप र अफ्रिकामा गाँजा ढुवानी गर्ने बढ्दो प्रवृत्ति देखेको जनाएको छ। जहाँ उच्च गुणस्तरको गाँजाले अमेरिकाको तुलनामा धेरै गुणा बढी मूल्य ल्याउन सक्छ।
अधिकारीहरूले सामान्यतया साना पार्सलहरूमा निर्यात भएकोमा पछिल्लो समय गाँजाले भरिएको सुटकेस बोक्ने यात्रुहरू नै पक्राउ गर्ने क्रम बढेको जनाएका छन्।
भर्खरै, नजिकैको वाशिंगटन डुलेस् अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीहरूले पेरिसमा तस्करी भइरहेको ७३ पाउन्ड गाँजा र ब्राजिलमा तस्करी हुन लागेको ८८ पाउन्ड चरेस बरामद गरेका थिए।
भर्जिनिया राज्य पुलिसले दुवै घटनामा यात्रुहरूलाई जघन्य लागू औषध ओसारपसारको आरोप लगाए।
सीबीपीको रिपोट अनुसार अधिकारीले फेब्रुअरी १९ मा बाल्टिमोर वाशिंगटन अन्तर्राष्ट्रिय थुरगुड मार्शल एयरपोर्टमा पानामाबाट दुई यात्रुहरूको झोलामा लगभग आठ पाउन्ड कोका पातहरू बरामद गरेका थिए।
एक हप्ता अघि, अधिकारीहरूले बीडब्लुआईमा लगभग आठ पाउन्ड अवैध कोका पातहरू जफत गरेका थिए।
गाँजा बरामद हुनुभन्दा एक हप्ता अघि अधिकारीहरूले पनामाबाट उडानमा आइपुगेका दुई महिलाको झोलामा लगभग आठ पाउन्ड कोका पातहरू बरामद गरेका थिए। अधिकारीहरूले फेब्रुअरी १९ मा ३० मा भ्याक्युम-सिल प्याकेजहरूमा कोका पातहरू फेला पारेका थिए। अधिकारीहरूले कोका पातहरू कब्जा गरे र यात्रुहरूलाई छोडिदिएको जनाएको छ।
कोका पातहरू अमेरिकामा कुनै पनि उद्देश्यका लागि ल्याउनु गैर कानुनी भएको अधिकारीको भनाई छ। यी पात चिया पिउने वा चपाउनका लागि पनि प्रयोग हुन्छ। किनभने तिनीहरूले कोकेन अल्कालोइडहरू राख्छन्। कोकेन, कोका पातहरू मादक पदार्थ हो।
अफिसरहरू र एजेन्टहरूले देशको हवाई , समुद्र, र भूमि बन्दरगाहहरूबाट प्रत्येक दिन औसत दुई हजार आठ सय ९५ पाउन्ड खतरनाक ड्रग्स जफत गर्ने गरेको जनाएका छन्।