ओस्कार अवार्डका ६ विवाद
लसएन्जल्स । ९६ औं संस्करणको ओस्कार अवार्ड नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न हुँदैछ । यसपटकको ओस्कारको दाबेदार को होला भन्ने चर्चा भइरहँदा यो विश्वप्रतिष्ठित अवार्डमा भएका विवाद पनि आम मानिसलाई उत्तिकै चासोको विषय बनिरहन्छ । यहाँ ओस्कार अवार्डमा भएका सात विवादलाई प्रस्तुत गरिएको छ ।
मार्लन ब्रैडोद्वारा अवार्ड अस्वीकार
अभिनेता मार्लन ब्रैडोले सन् १९७३ मा फिल्म ‘द गडफादर’का लागि ‘बेस्ट एक्टर’ अवार्ड पाएका थिए । यद्यपि अभिनेताले यो अवार्ड लिन अस्वीकार गरे । उनको स्थानमा नेटिभ अमेरिक अभियन्ता सेचिन लिट्लफेदर अवार्ड लिन पुगेका थिए । सेचिनले मार्लन हलिउडमा नेटिभ अमेरिकनको इमेज देखाउँदा खुशी नभएका कारण उनी अवार्ड लिन नआएको बताएका थिए ।
एन्जेलिनाको चुम्बन विवाद
सन् २००० को ओस्कार अवार्डका समयमा एक चुम्बनले ठूलो विवाद सिर्जना गरेको थियो । खासगरी अवार्डको समयमा अभिनेत्री एन्जेलिना जोलीले फिल्म ‘गर्ल एन्ट्रप्टेड’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितेकी थिइन् । अवार्ड अघि जोलीले आफ्नो भाईलाई रेड कार्पेटमा लिप किस गरेकी थिइन् । जसकारण यो विषयले ठूलो विवाद सिर्जना गरेको थियो ।
‘ला ला ल्याण्ड’को गल्तीले ओस्कार घोषणामा विवाद
सन् २०१७ मा ओस्कार अवार्डका समयमा एक ठूलो विवाद भएका थियो । अवार्ड कार्यक्रमका दौरान गल्तीले ‘बेस्ट पिक्चर’का लागि फिल्म ‘ला ला ल्याण्ड’को नाम घोषणा गरिएको थियो । यसपछि गल्ती सुधार्नका लागि प्रस्तोताको हातमा गलत निर्णय पुगेको भनियो । उनीहरुले अर्को निर्णय सुनाउँदै फिल्म ‘मूनलाइट’लाई अवार्ड दिइयो ।
मञ्चमा थप्पड, अभिनेत्रीले उतारिन कपडा
सन् २०२२ को ओस्कार अवार्डको समयमा अभिनेता विल स्मिथले होस्ट क्रिस रकलाई थप्पडले हिर्काएका थिए । स्मिथ पत्नीमाथि होस्ट क्रिसले मजाक गरेपछि रिसाएका थिए । त्यसपछि उनी स्टेजमै पुगेर क्रिसलाई थप्पड हिर्काएका थिए । यो घटना त्यो वर्ष सर्वाधिक चर्चामा आयो ।
सन् २०२१ मा हलिउडकी फ्रेञ्च अभिनेत्री कारिन मासेरियोले स्टेजमा लुगा उतारेर सबैलाई चकित बनाएकी थिइन् । जब कारिन अवार्ड दिनका लागि मञ्चमा पुगिन्, उनले फ्रान्सेली सरकारको विरोध गर्दै कपडा उतारिन् । उनको शरीरमा विभिन्न नारा लेखिएको थियो ।
अमेरिकी राष्ट्रपतिका लागि आपत्तिजनक कुरा
एक पटक त पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशको बारेमा आपत्तिजनक मन्तव्य नै दिइयो । यो घटना सन् २००३ को हो । जब मूरे चेस्टिसेस फिल्म ‘बलिङ फर कालम्बाइन’का लागि अवार्ड लिन मञ्चमा पुगे, तब उनले त्यहाँ तत्कालीन अमेरिकी राष्ट्रपति बुशमाथि आपत्तिजनक र अपमानजनक शब्द प्रहार गरे ।
जोन ट्रावोल्टाले इदीना मेन्जेलको नाम गलत उच्चारण
अभिनेता जोन ट्रावोल्टा मेन्जेलले ओस्कारमा मनोनित(पछि विजेता) गति ‘लेट इट गो’ को घोषणा गरे, तर उनले एक नाम गलत उच्चारण गरे । उनले ‘एडेल डेजीमु’ भने, जुन एक यस्तो भुल थियो । यो घटनापछि उनी पूर्ण रुपमा विवादको सिकार बने ।