साउदी अरबको जेद्दामा सम्पन्न महोत्सवमा झल्कियो नेपाली पहिचान
समर्पण रम्जान
जेद्दा/ साउदी अरबको जेद्दामा आयोजित सांस्कृतिक खाना र संगीत महोत्सवमा नेपालीहरूले पनि सहभागिता जनाएका छन्। एसियाली कन्सुल जनरल क्लब (एसीजीसी) ले महोत्सवको आयोजना गरेको हो। जेद्दाको रिहाब स्थित एक पाकिस्तानी अन्तर्राष्ट्रिय स्कुलमा महोत्सव भएको हो ।
मार्च ८ तारिख शुक्रवार भएको महोत्सवमा एसियन प्रान्तका १३-१४ देशका कन्सुलेटहरुका कन्सुलेट दूत तथा कर्मचारीहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
जेद्दाका साउदी प्रीन्सको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उपस्थित एसियन देशहरूका नागरिकहरूले आ-आफ्नो देशको सांस्कृतिक झल्कने खालका नित्य, संगित, भेषभुषा र खाने कुराहरूको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपालको तर्फबाट नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, श्रम सहचारी तम्रराज काफ्ले, साथमा अन्य कन्सुलेटका कर्मचारीहरू सहभागी थिए।
यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीका उपाध्यक्ष राज गिरि लगायत अन्य पदाधिकारीहरू, एनआरएनए आरसी जेद्दाका पदाधिकारीहरू, तमु धिँ जेद्दाका अध्यक्ष बेद बहादुर गुरुङ लगायत अन्य पदाधिकारीहरू तथा अन्य समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय कलाकारहरू धिरज आले मगर, नेमा दोर्जे तामाङ, अर्पित मगर, गणेश तमु गुरुङ, गुराँस राई, सविता पाण्डे, निलम बस्नेत, सिरजला तामाङ, अनिशा बस्नेत, प्रमीला मोक्तान, सुभद्रा तामाङ, सन्तोष बस्नेत लगायतले आफ्नो नेपालको सांस्कृतिक झल्कने खालको नित्य प्रस्तुत गरेका थिए।
स्टेजमा आफ्नो देशको सान नेपाली झन्डालाई लिएर समाजसेवी मायाँ गुरुङ र समाजसेवी राम राधा घिमिरेले आफ्नो देशको पहिचान दिएका थिए ।
नेपाली महावाणिज्य दूतावासको आमन्त्रण तथा संयोजकत्वमा एनआरएनए उपाध्यक्ष राज गिरिको समन्वय तथा सहकार्यमा नेपाली सांस्कृतिक झल्कने खालका खानेकुराहरू, म.म. , सेल रोटी, गुन्द्रुक भट्टको अचार, जिरा आलुको अचार, टिमुर टमाटरको अचार , तथा नेपाली सांस्कृतिक झल्कने खालका नृत्य, मादल र बाँसुरी धुन कार्यक्रममा प्रस्तुत गरिएको थियो।
पाकिस्तान ईन्टरनेशनल स्कुल, ईंग्लिश सेक्सन, रिहाब को प्राङ्गणमा भइरहेको सांस्कृतिक खाना र संगीत महोत्सवमाको उक्त कार्यक्रममा नेपाल, चाइना, फिलिपिन्स, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिङ्गापुर,मलेसिया, कोरिया, जापान, ब्रुनाई, इन्डोनेसिया बाङ्लादेश, का कन्सुलरहरूको सहभागिता रहेको थियो भने सम्पूर्ण देशहरूले आ आफ्नो सांस्कृतिक झल्काउने खालका खानाहरूद्वारा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए ।