अमेरिकी सीमा सुरक्षा अधिकारीहरूद्वारा रोमा पोर्ट अफ एन्ट्रीमा एक मिलियनको कोकेन जफत
रोमा, टेक्सस/ अमेरिका भन्सार र सीमा सुरक्षा अधिकारीले रोमा पोर्ट अफ एन्ट्रीमा फिल्ड अपरेसनमा यस सप्ताहान्तमा एक मिलियन कोकिन जफत गरेको जनाएको छ।
“हाम्रा फ्रन्टलाइन अफिसरहरूले निरीक्षण अनुभव र प्रविधिको प्रभावकारी संयोजन तैनाथ गर्न जारी राखेका छन् र यसले यो महत्त्वपूर्ण काम गर्न सफल भए ,” रोमा पोर्ट अफ एन्ट्री, पोर्ट निर्देशक एन्ड्रेस गुएराले भने। “यस बरामदले कानुनी व्यापार र यात्रालाई सहज बनाउँदै हाम्रा समुदायहरूलाई कडा लागूपदार्थबाट सुरक्षित राख्ने हाम्रो प्रतिबद्धतालाई चित्रण गर्दछ।” सीबीपीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार फेब्रुअरी २३ तारिख रोमा इन्टरनेशनल ब्रिजमा सीबीपी अधिकारीले प्रारम्भिक निरीक्षणको लागि सिन्डर ब्लकको ढुवानी बोकेको ट्र्याक्टर ट्रेलरलाई रोकेका थिए। अधिकारीहरूले गैर-हस्तक्षेपी निरीक्षण प्रणाली स्क्यान र सीबीपी क्यानाइनहरू प्रयोग गर्दै ४१ प्याकेजहरू भेट्टाएको जनाइको छ।
जसमा कुल ८२ पाउन्ड कोकेन कन्भ्यान्स रहेको थियो। लागू औषधको बजार मूल्य दश लाख ९३ हजार दुई सय ५३ डलर भएको जनाइएको छ।
सीबीपीले लागु औषध, ट्रयाक्टर, ट्रेलर र चालकलाई थप अनुसन्धानका लागि रोमा प्रहरी विभागमा बुझाएको जनाएको छ।