अमेरिकाको विमानस्थलमा ८८ पाउन्ड चरेस बरामद
वासिङ्टन डिसी/ अमेरिकाको राजधानी वासिङ्टन डिसी स्थित डुलेस् अन्तर्राष्ट्रिय विमानस्थलमा ८८ पाउन्ड चरेस बरामद भएको छ।
अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी) अधिकारीले सोमबार वासिङ्टन डुलेस् अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा सो परिणामको चरेस बरामद गरेको जनाइएको छ।
सीबीपी अधिकारीहरूले वासिङ्टन, डिसीबाट ब्राजिलको साओ पाउलो जाने उडानमा लोड भइरहेका तीन सुटकेसमा चरेसले भरिएका ठुला भ्याक्युम-सील गरिएका झोलाहरू फेला पारेको जनाएका छन्।
अधिकारीले सो सुटकेस क्यालिफोर्नियाका २७ वर्षीय जोनाथन एडवर्ड पेरेजको भएको जनाएको छ। उनलाई जघन्य लागू औषध ओसारपसारको अभियोगको लगाएको छ।
सीबीपीले अमेरिकामा आधारित उत्पादकहरू र खुद्रा विक्रेताहरूले युरोप र अफ्रिकामा गाँजा ढुवानी गर्ने बढ्दो प्रवृत्ति देखेको जनाएको छ।
चरेसको तौल संयुक्त ८७.८९ पाउन्ड (३९.८७ किलोग्राम) रहेको जनाइएको छ। सीबीपी अधिकारीहरूले ती व्यक्ति र चरेसलाई भर्जिनिया राज्यका प्रहरीलाई बुझाएका छन्।