लेबनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा
पेन्सिल्भेनिया/ नेपाली महिला टिम पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल पुगेको छ। साउदी अरेबियामा केही मंगलवार भएको लेबनान विरुद्धको सेमिफाइनलको इन्जुरी समयमा प्रीति राईले गोल गरे पछि नेपाल उपाधिको नजिक पुगेको हो।
नेपालले एक शून्य गोलले पछाडि परेको अवस्था उल्टाएको हो।
नेपालले ३८ औ मिनेटमा गोल खाएको थियो। तर दोस्रो हाफमा नेपाल दुई गोल फर्काउन सफल भयो। ६७ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरेकी थिइन।
खेल एक एक गोलको बराबरीमा रहेको बेला अन्तिम समयमा प्रीतिले गोल गरिन्।
प्रतियोगितामा साम्बाको गोल सङ्ख्या नवौँ पुगेको छ।
नेपालले अब उपाधिका लागि फाइनलमा फेब्रुअरी २९ तारिख जोर्डन सँग खेल्ने छ। जोर्डनले दिनको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। पाँच पटकको च्याम्पियन जोर्डन साबिक विजेता हो।
नेपालले समूह चरणमा तीन वटै खेलमा जित हात पार्दै समूह विजेताको रूपमा सेमिफाइनल पुगेको हो।
फोटो सामाजिक सञ्जाल