गृह राज्यमा पराजित हुँदा पनि हेली चुनावी दौडमा
पेन्सिल्भेनिया । साउथ क्यारोलिनामा भएको प्राइमरी चुनावमा डोनाल्ड ट्रम्पले निक्की हेलीलाई पराजित गरेका छन् । पराजयपछि आफ्ना समर्थकहरूसँग कुरा गर्दै निक्की हेलीले हारबाट आफू निराश भए पनि राष्ट्रपतिको दौडबाट पछि नहट्ने बताइन् ।
निक्की हेलीले भनिन्, ‘म आफ्नो वचनमा सत्य छु र पछि हट्ने छैन । निक्की हेलीले भनिन्, ‘आगामी १० दिनमा २१ राज्यमा चुनाव हुनेछ । उनीहरुलाई आफ्नो रोजाइ छनोट गर्ने अधिकार पनि छ । यो सोभियत संघको चुनाव होइन, जसमा एक जना मात्र उम्मेदवार छन्। उनीहरुलाई चुनावमा मौका दिनु मेरो कर्तव्य हो ।
निक्की हेलीले जो बाइडेनलाई डोनाल्ड ट्रम्पले जित्न नसक्ने विश्वास व्यक्त गरेकी छन् । साउथ क्यारोलिनाको पराजयमा भारतीय मूलकी निक्की हेलीले हारको मार्जिन उच्च रहेको स्वीकार गरिन् तर यसका बाबजुद उनले ४० प्रतिशत मत पाएकी छन् ।
हेलीले ४० प्रतिशत सानो संख्या नभएको बताइन् । हेली चार राज्यमा ट्रम्पसँग पराजित भएपनि अझै धेरै राज्यमा चुनाव हुन बाँकी रहेको उनले बताइन् । हेलीले ट्रम्पलाई विजयी भएकोमा बधाई दिँदै आफूलाई समर्थन गर्ने मतदाताप्रति कृतज्ञता पनि व्यक्त गरेकी छन् ।
साउथ क्यारोलिना निक्की हेलीको गृह राज्य हो र उनी यहाँबाट गभर्नर पनि भइसकेकी छिन् । गृहराज्यमा पराजयको विषयमा हेलीले नतिजा के आयो त्यसले फरक नपर्ने बताइन् ।
‘म मेरो राज्यका जनतालाई माया गर्छु र यही मायाले हामी ठूला चुनौतीहरूमा पनि एकताबद्ध रहन्छौं।’ उनले भनिनन्।
साउथ क्यारोलिनामा पराजयले निक्की हेलीलाई राष्ट्रपतिको दौडबाट फिर्ता लिन दबाब बढाएको छ तर हेलीले दौडबाट पछि हट्न अस्वीकार गरेकी छन् ।
अब रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पलाई चुनौती दिन निक्की हेली मात्र बाँकी छ र साउथ क्यारोलिनामा विजयी भएपछि राष्ट्रपति चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पको सामना गर्ने सम्भावना बढेको छ ।