बसन्ती राई बनिन नेपाली अमेरिकन कलाकार संघको छैटौँ अध्यक्ष

न्यु योर्क/ नेपाली अमेरिकन कलाकार संघले नयाँ अध्यक्ष पाएको छ। शनिवार न्यु योर्कमा सम्पन्न पाँचौँ अधिवेशनले तत्कालीन वरिष्ठ उपाध्यक्ष राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो। आफ्नो जन्मदिनको दिन बसन्ती संस्थाको अध्यक्षमा चयन भएकी हुन्।
साधारण सभाले १७ सदस्यीय कार्यसमितिको पनि निर्विरोध चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा विमल डाँगी निर्विरोध भएका छन्। यसै गरी महासचिवमा संगिता थापा मगर निर्विरोध भएकी छिन्।
राई कलाकार संघको छैटौँ अध्यक्ष हुन्। यो संस्था सन् २०१४ मा स्थापना भएको हो। संघको संस्थापक अध्यक्ष नायिका गौरी मल्ल थिइन्। उनी नेपाल फर्किसकेकी छिन्। दोस्रो अध्यक्ष गम्बु शेर्पा थिए। उनी पनि नेपाल फर्किसकेका छन्। सुमन थापा मगर दुई कार्यकाल अध्यक्ष भए। सुमनले पनि पछिल्लो समय न्यु योर्क छोडेका छन्। संस्थाको निवर्तमान अध्यक्ष निशा सुनुवार हुन । निशाले पनि पेन्सिल्भेनियामा घर किनेकी छिन्।
नेपाली अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति
संरक्षक-निशा सुनार
प्रमुख सल्लाहकार-अभय ढुङ्गेल
सल्लाहकारहरु-मनोनीत गर्न बाँकी
अध्यक्ष-बसन्ती राई
वरिष्ठ उपाध्यक्ष-विमल डाँगी
उपाध्यक्ष-शङ्कर बिसी,
बिक्की पुलामी
ईत्ना कार्की
राजेन्द्र राई,
मधुर गिरी
महासचिव -संगिता थापा मगर
सह–सचिव– प्रेम सेन्चुरी
कोषाध्यक्ष– नवीन श्रेष्ठ
सह-कोषाध्यक्ष-पुष्पा बस्नेत
युवा संयोजक-गायक दिलीप श्रीसमगर
मिडिया संयोजक– पुष्कर बराल
बोर्ड सदस्यहरू-वीर घर्ती मगर
माया मेलिसा राई
कुमार थापा मगर
चिनियालाल श्रेष्ठ,
दिनेश सुनार