डलरको भाउ स्थिर, युरो र पाउन्डको मूल्यमा गिरावट
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउन्डको मूल्य घटेको छ ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैङ्कले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ रहेको थियो ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।