अमेरिकामा अत्यधिक चिसो सँगै ऊर्जा (बिजुली र ग्यास) को बिल बढ्यो ?
पेन्सिल्भेनिया/ अमेरिकाका प्रायस: स्थानमा अहिले ज्यादै चिसो छ। कतिपय राज्यमा त हप्तौँ देखि बाक्लो हिउँ परेको छ। यस्तो अवस्थामा तपाईँको घरलाई २४ घण्टा नै तातो बनाउनु पर्ने हुन्छ।
जति जति चिसो हुन्छ तपाईँको घरको ऊर्जा (ग्यास वा बिजुली) बिल पनि धेरै हुनजान्छ।
तपाईँको आम्दानीको स्रोत सीमित छ र ऊर्जा बिल बढेकोमा चिन्तित हुनुहुन्छ भने तपाईँलाई यो केही खुसीको खबर अवश्य हुने छ। तपाईँले घर न्यानो बनाउन एक हजार अमेरिकी डलर सम्म सरकारी अनुदान प्राप्त गर्न सक्नु हुने छ।
यसका लागि तपाई न्यून आय गृह ऊर्जा सहायता कार्यक्रम (लाइहिप) मा आबद्ध हुनु पर्ने छ। यो न्यून आए भएकालाई न्यानोमा राख्ने कार्यक्रम हो। (लाइहिप थप जानकारी लिन यहाँ क्लिक गर्नु होला।)
लाइहिपले परिवारहरूलाई सुरक्षित र स्वस्थ राख्न ऊर्जा लगायतको बिल तिर्नमा मद्दत गर्छ। लाइहिप कार्यक्रमहरू मार्फत जाडोमा न्यानो र गर्मीमा चिसो रहन मद्दत गर्न सक्छ। यसले घर तताउने उपकरणहरू मर्मत वा प्रतिस्थापन गरेर जाडोमा सुरक्षित र न्यानो रहन मद्दत गर्न सक्छ।
यो सङ्घीय सरकारद्वारा अनुदान प्राप्त सहायता कार्यक्रम हो। अनुदान फिर्ता गर्न आवश्यक छैन। अनुदानहरू सिधै तपाईँको ऊर्जा सम्बन्धी खातामा जम्मा हुन्छन्।
तपाईँको परिवार सङ्ख्या र आम्दानीको आधारमा कति रकम पाउने भन्ने तय हुन्छ।
आय निर्देशिका
परिवार सदस्य वार्षिक आय मासिक आय साप्ताहिक आय
१ जना $२१,८७० $१,८७३ $४२१
२ जना $२९,५८० $२,४६५ $५६९
३ जना $३७,२९० $३,१०८ $७१७
४ जना $४५,००० $३,७५० $५६५
थप व्यक्तिको लागि, $७,७१० प्रति व्यक्ति वार्षिक आय, $६४३/व्यक्ति मासिक आय वा $१४८/साप्ताहिक आम्दानी थप्नुहोस्।
तपाईँको परिवारको सङ्ख्या र आम्दानी माथिको चार्ट अनुसार छ भने लाइहिपमा आवेदन दिएमा तीन सय देखि एक हजार डलर सम्म अनुदान पाउनु हुने छ।
आवेदन दिने मिति अप्रिल पाँच तारिख सम्म रहेको छ। तपाईँहरूले यस अगाडिका वर्षहरूमा यो अनुदान लिनु भएको छ भने पनि फेरि पाउन नयाँ आवेदन दिनु पर्छ।
तपाई पेन्सिल्भेनियाबासी हुनु हुन्छ भने लाइहिप कोष प्राप्त गर्न राज्यको वेबसाइट कम्पास (COMPASS) मार्फत अनलाइन आवेदन दिनुहोस्।
त्यहाँ तोकिएको ढाँचामा तपाईँले फारम भर्नु पर्ने छ। अनलाइन आवेदन गर्नुभएको छैन भने पनि तपाईँले टेलिफोनबाट पनि सुविधा लिन सक्नु हुने छ। फोन नम्बर ८00-८४४-९२७६ मा सम्पर्क गर्नुहोस्।
ग्राहक सेवा प्रतिनिधिहरू सोमबारदेखि शुक्रवार बिहान ८:00 बजे देखि ५:00 बजेसम्म उपलब्ध हुन्छन्। सरकारी अधिकारीले तपाईँलाई यस प्रक्रियालाई सकेसम्म सरल बनाउन मद्दत गर्ने छन्। तर अप्रिल पाँच तारिख २०२४ नै तपाईँले प्रक्रिया सुरु गर्नु पर्ने छ।
अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्नेहरूले ऊर्जा सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे जानकारीको लागि, कृपया Energyhelp.us मा जानुहोस्। यहाँ सोधिएको प्रश्नको उत्तर दिनु भएमा तपाई यो कार्यक्रमका लागि योग्य हुनहुन्छ वा हुँदैन भन्न थाहा हुने छ।
लाइहिपमा आवेदन दिन कुनै शुल्क लाग्दैन। यसले सोझै तपाईँको खातामा अनुदान पनि दिँदैन। सेवा प्रदायकको खातामा तपाईँले प्राप्त गर्ने रकम पठाउने छ।
यदि तपाईँलाई लाइहिप अनुदानको तर्फबाट शुल्क लाग्ने भन्दै फोन वा म्यासेज आयो भने यूएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस (एचएचएस) को ठगी हटलाइनलाई १-८००-४४७-८४७७ मा सम्पर्क गर्न सक्नु हुने छ।