‘एनआरएनए आइसीसीमा दुवै कमिटीलाई मान्दिन’: डिलु पराजुली
पेन्सिल्लभेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उप विजेता डिलु पराजुलीले अन्तर्राष्ट्रिय समन्वय परिषद्को (आइसीसी) को पछिल्लो विवादमा आफू तथष्ट बस्ने बताएका छन्।
समाज टाइम्स संवादमा पराजुलीले एनआरएनएको निर्वाचनमा प्रयोगमा ल्याइएको भेरोको विश्वास गर्ने अवस्था नरहेको बताए।
पराजुली एनआरएनए अमेरिकाको निवर्तमान उपाध्यक्ष हुन। उनी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी निकट मानिँदै आएका थिए। सुवेदी आइसीसीमा आरके शर्मा अध्यक्ष रहेको समूहको महासचिव छन्।
आइसीसीको पछिल्लो महाधिवेशनमा नतिजा प्रकाशित गर्ने क्रममा त्रुटि भए पछि विवाद बढेको थियो। त्यस पछि दुई समानान्तर कमिटी सक्रिय छन्।
‘गैर आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । चरम सीमाको विवाद भइसकेपछि भेरोको यत्रो शङ्कास्पद गतिविधि हामीलाई लागि सके पछि अहिले कसैलाई पनि हामीले यही अध्यक्ष हो भनेर मैले म बोल्दिन बोल्न परे भोलीको दिनमा विग पिक्चर आए पछि म भन्छु।’ समाज टाइम्स संवादमा पराजुलीले भने।
उनले परराष्ट्रले जसलाई मान्यता दिन्छ त्यसलाई आफूहरूले पनि मान्ने बताए।
‘कसलाई मान्यता दिने भन्ने परराष्ट्रले नै निक्यौल गर्न सकेको अवस्था छैन। पहिला परराष्ट्रले मान्यता दिनु पर्यो।’ उनले भने।
पराजुलीले अहिलेको आवश्यकता सबै पक्ष एक ठाउँमा आउनु पर्नेमा जोड दिए।
‘सबै जना एक ठाउँमा आजको आवश्यकता हो । कुन ग्रुपमा एनआरएनहरू एक ठाउँमा हुन जरुरी छ। मेरो सहयोग त्यहाँ हुन्छ।’ पराजुलीले भने।
आफू विद्रोह कमिटी,समानान्तर कमिटी बनाएर हिँड्ने मेरो सोचमा नरहेको उनले बताए। उनले भेरोमा शङ्का भएको र विश्वास गर्ने अवस्था नरहेको बताए।
पराजुली सँगको संवाद