एनआरएनएमा वद्री समूह आक्रामक
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनए अहिले तीन समूहमा विभाजित छ । दशौं अधिवेशनमा २ समूह भएको एनआरएनए ११ औं अधिवेशनलाई एकताको अधिवेशन भनिए पनि अहिले एनआरएन ए कता भएको छ ।
जसका कारण अहिले एनआरएनको भेरो भोटिङबाट निर्वाचित भन्दै सचिवालय वालुवाटारबाट कार्य सञ्चालन गर्दै आएको डा. बद्री केसी समूहलाई अस्वीकार गर्दै राजेन्द्र कुमार (आरके) शर्मा समूहले समानान्तर गतिविधि गर्दै आएको छ । दशौं अधिवेशनका बेला छुट्टीएको समूह भने आफ्नै गतिविधिमा केन्द्रीत भएर मार्चमा अधिवेशनको तयारीमा छ ।
उक्त समूहलाई अहिलेका दुवै समूहले के गरिरहेका छन् त्यसको चासो छैन । तर, अहिले केसी र शर्मा समूहले समानान्तर गतिविधि गर्दै आएका छन् । अक्टोबर १९ को चुनावी परिणाम पछि उत्पन्न परिस्थीतिका कारण अहिलेसम्म एनआरएनए संस्था परराष्ट्रबाट नविकरण भएको छैन भने कुनै पनि कमिटीले मान्यता पाएको छैन । यस विचमा जाजरकोट भूकम्प जाँदा केसी समूह र शर्मा समूहले सहयोगका लागि आ आफ्नै पहलमार्फत सरकारी कोषमा रकम जम्मा गरेको जनाएका छन् ।
अहिले तीन वटै एनआरएन एक बनाउने गरी परराष्ट्रमन्त्री एनपी साउदले म्याराथन शैलीमा छलफल गरे पनि केही निकास अझैं निस्किएको छैन । यस विचमा पूर्व अध्यक्षहरुसँग मन्त्री साउद लगातार छलफल गरेर निकास निकाल्ने तयारी गरिरहेको बताइरहँदा केसी समूहले भने आफ्ना गतिविधिलाई आक्रामकरुपमा अघि बढाएको छ ।
काठमाडौंमै भौतिक उस्थितिमा आइसीसीको बैठक गर्ने गरी मिति तोकेको वद्री समूहले जनवरी १६–२६ तारिखसम्म हुने कार्यक्रमहरु नै सार्वजनिक गरेको छ । जसमा २१ र २२ तारिखमा आइसीसीको बैठक आह्वान भएको प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए । यसलाई कार्यशाला गोष्ठीको रुपमा व्याख्या गरिएको छ ।
यसले एनआरएनएको २ वर्षे कार्य योजना तर्जुमा गर्ने छ । यसैगरी नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका सरोकारवाला सरकारी निकाय र मन्त्रालयमा पैरवी गर्ने विषयमा पनि कार्यकमको आयोजना गरिने छ । त्यस्तै कोशी प्रदेश, मदेश प्रदेश, लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको छ भने सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरिने छ । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट अवलोकन गर्ने कार्यक्रम पनि १० दिने कार्यतालिकामा समेटिएको छ । त्यस्तै बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा निर्मित छात्रा शौचालय हस्तान्तरण गर्ने छ ।
यसैगरी जुनमा हुन लागेको टी २० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई पनि आर्थिक सहयोग गर्ने छ भन् सफल पोखरा म्याराथनका विषयमा निर्णय गर्ने प्रवक्ता पन्तले बताए । यसैगरी कंगोमा मृत नेपालीको परिवारलाई एनसिसि कंगोद्वारा संकलन गरिएको सहयोग रकम हस्तातरण ।
ड्डसुदुर पश्चिम प्रदेश लगानी सम्मेलन सम्बन्धमा छलफल । महिला विभागद्वारा जाजरकोट र पश्चिम रुकुममा छात्रछात्राहरुलाई ‘न्यानो कपडा’ हस्तान्तरण । मानवीय र संस्थागत बिषयमा अन्य गरी एजेण्डाहरु तय गरिएका छन् ।
वद्री समूहले आक्रामकरुपमा कामहरु अगाडि बढाइरहँदा शर्मा पक्ष भने अहिले सल्लाहकार मनोनित गर्ने काममा केन्द्रित भएको थियो ।
तर शर्मा पक्षका एनआरएन अभियन्ताहरुले आफूहरुले पनि योजना बनाइरहेको र चाँडै ती विषयहरु बाहिर ल्याउने बताउने गरेका छन् । के के विषय हुन् भनेर सोध्दा ती विषयहरु खुलाउन नमिल्ने तर्क गर्छन् ।