ओहायोमा दुई नेपाली भाषी भुटानी बालिका ‘मेयर अवार्ड’बाट सम्मानित
सहयात्री ढकाल
कोलम्वस/अमेरिकाको ओहायो राज्यमा नेपाली भाषी भुटानी दुई बालिका ‘मेयर २० अन्डर २० अवार्ड ‘बाट सम्मानित भएका छन्।
डिसेम्बर दुई तारिख आयोजित युवा सम्मेलनमा सिर्जना बास्तोला र अदिति प्याकुरेल सम्मानित भएका हुन्। यी दुई नेपाली भाषी भुटानी समुदायका हुन।
स्वयंसेवा र वकालत मार्फत आफ्नो समुदायमा योगदान पुर्याएको भन्दै कोलम्वस सिटिले यो सम्मान गरेको हो। सिटीले विभिन्न समुदायका २० जानलाई सम्मानित गरेको हो। सिटीले सन् २०१० देखि यस्तो सम्मान दिँदै आएको हो।
सिर्जना बास्तोलाले आफू सम्मानित भएकोमा खुसी व्यक्त गरिन्। “म धेरै गौरवान्वित छु र यसले मलाई थप जिम्मेवारी बनाएको छ।’उनले भनिन्।
सिर्जनाका अभिभावकहरू पनि खुसी व्यक्त गर्दै भने ‘हामीले त सोचेका पनि थिएनौँ तर पनि राम्रो काम गर्दा मूल्याङ्कन भयो । अझै राम्रो काम गर्दै जानु भन्ने आशीर्वाद दिन्छौ ।’ उनका बुबा खडा बास्तोलाले भने।
सिर्जना बास्तोला ओसु विश्वविद्यालय कलेज न्यूरोलोजिस्टका विद्यार्थी हुन्। उनी विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन ।
“लचिलो दिमागहरू युवालाई सशक्त बनाउने” नारामा आधारित गत अगस्ट महिनामा नेपाली भाषीहरूको संस्था बीसीसीओ सँग मिलेर भव्य र सव्य कार्यक्रमको आयोजना गरीकी थिइन। साथै,उनले खेलकुद विद्यामा पनि उत्तिकै सक्रिय रहेर समाजलाई सहयोग गरिरहेकी छिन। डिस्काको तर्फबाट गत जुलाईमा भर्जिनियामा भएको युएस ओपनमा रजत पदक पनि जितेकी थिइन।
यस्तै अदिति प्याकुरेल रेनोल्ड्सबर्ग सार्वजनिक पुस्तकालयमा नियमित रूपमा स्वयंसेवक छिन्।
उनले पुस्तकालयमा आउने साना-साना बच्चाहरूको लागि गृहकार्य गर्न मद्दत गर्छिन्। उनी पछिल्लो पाँच वर्षदेखि फोर एच क्लबमा छिन् |
हाल उनी काउन्टी र राज्य फोर एच कार्यक्रममा नेतृत्वको पदमा छिन्। अदिति रेनोल्ड्सबर्ग टमाटो क्वीन दोस्रो परिचर पनि हुन्।
“स्थानीय पुस्तकालयले उनको नामलाई प्राथमिकता दियो र सौभाग्यवश उनी धेरै आवेदकहरूबाट प्राप्तिकर्ताहरू मध्ये एकको रूपमा छनोट भएको छिन ” रेनोल्डस्बर्ग सिटी काउन्सिल म्यान तथा अदितिका बुबा भुवन प्याकुरेले भने।