पोर्चुगलका लागि नेपाली राजदूतमा नेपालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले पोर्चुगलको राजदूत पदमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
आज बसेको समिति बैठकले नेपाललाई राजदूत नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अनुमोदन गरेको समिति सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
उनले भने, ‘आजको समितिको बैठकले सनिल नेपालको सम्बन्धमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिको योग्यता र अनुभव समेतको आधारमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्ति सनिल नेपाललाई पोर्चुगलको राजदूत पदमा नियुक्तिको लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’
कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको लागि राजदूत पदमा नियुक्तिको लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिस पत्र संसदीय सुनुवाइ समितिलाई प्राप्त भएपश्चात् मङ्सिर ८ गते बसेको बैठकले प्रस्तावित व्यक्तिको उजुरी माग गर्ने निर्णय गरेको थियो । उनी विरुद्ध एउटा मात्रै उजुरी परेको थियो ।