खुम्बु पुगेर प्रधानमन्त्री प्रचण्डले के भने?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुम्बु क्षेत्रको नेपाली पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान रहेको भन्दै सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताए ।
खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाईबारे व्यवस्थित कार्यविधि बनाउन आफू लाग्ने उनले बताएका छन् ।
आज शनिबार बिहान कालापत्थरमा दीप प्रज्वलन गरी हस्तान्तरणसँगै राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा सहभागी हुन खुम्बु पासाङ ल्यामु गाउँपालिका पुगेका उनले सगरमाथाको सुरक्षा र स्वच्छताको लागि अझ व्यवस्थित कार्यविधि निर्माणमा ध्यान दिने आश्वासन दिए ।
उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले यो क्षेत्रमा तपाइँहरुसँग यो कार्यक्रम गरिसकेपछि काठमाडौं पुगेपछि खुम्बु क्षेत्रको विकासको निम्ति कसरी योजना बनाउने र यहाँको पर्यटनलाई अझ व्यवस्थित बनाउन सगरमाथाको सुरक्षासँगै सफाई पनि व्यवस्थित बनाउन कार्यविधि कसरी बजाउने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने विश्वास म तपाइँहरुलाई दिलाउन चाहन्छु ।’