धन्वन्तरी दिवस मनाइयो

काठमाडौं । किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा शनिबार धन्वन्तरी दिवस बनाएको छ ।
धन्वन्तरीलाई आयुर्वेदका प्रणेताका रुपमा लिइन्छ । तालिम केन्द्र परिसरमा रहेको मन्दिरमा मन्त्री बस्नेत सहितले धन्वन्तीको पुरा गरेर सम्मान प्रकट गरेका थिए ।
कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताए ।
आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादवले आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद प्रतिष्ठान बनाएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए ।