भूकम्प पीडित कोषमा नेकपा एसको पच्चीस लाख सहयोग

काठमाडौं । नेकपा एकीकृत समाजवादी -एसले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री नेपाल चीन जाँदै
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्।
पूर्व प्रधानमन्त्री झलनाथ खनालका अनुसार अध्यक्ष नेपालको पाँच सदस्यीय प्रतिनिधिमण्डल पहिलो चोटी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जान लागेको हो । त्यहाँ नेपाल नेतृत्वको टोलीले चीनको समाजवाद यात्रा र विकासलाई अध्ययन गर्ने खनालले जनाकारी दिए ।
उनले भने,‘यो औपचारिक भ्रमण हो । त्यहाँ चीन कसरी समाजवाद बनाउँदै रहेछ, त्यसको अनुभव लिने कुरा हो । हाम्रो टोलीले समाजवादबारे केही न केही सिक्छ, अनुभव लिएर फर्किन्छ । भोली हामीले बनाउने समाजवाद कसरी बनाउने भन्ने बारेमा अलिकति जानकारी लिने र घोत्लिने अवस्था सिर्जना हुन्छ ।’
कृषि मन्त्री बेदुराम भुषाल सहित पाँच सदस्यीय नेपालको प्रतिनिधि मण्डल पाँच दिनपछि स्वदेश फर्किने छन् ।