पेन्सिल्भेनियाको ह्यारिसबर्गमा क्रिकेट पिचको शिलान्यास (भिडियो सहित)
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग क्षेत्रमा क्रिकेट पिचको शिलान्यास गरिएको छ।
डाउफिन काउन्टी अन्तर्गत लोयर प्याक्सटन टाउनशिपमा शुक्रवार एक समारोहका बिच क्रिकेट पिचको शिलान्यास गरिएको हो।
डाउफिन काउन्टी बोर्ड अफ कमिश्नरका अध्यक्ष माइक प्रिस, उपाध्यक्ष चाड सेलर, भुटानी कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला लगायतले क्रिकेट पिचको शिलान्यास गरेका हुन्।
डाउफिन काउन्टी नेपाली र नेपाली भाषी भुटानी समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो। काउन्टी कमिश्नरका अनुसार डल्फिन काउन्टीमा क्रिकेट पिच बन्न लागेको पहिलो पटक हो।
लोअर प्याक्सटनको लिङ्गल पार्कमा (100 pleasant Drive, Lower Paxton, PA 17111) रहेको मैदानमा क्रिकेट पिच बनाउन लागिएको हो।
लोअर प्याक्सटन टाउनशिप बोर्ड अफ सुपरभाइजरका अध्यक्ष लोमैन हेनरीले क्रिकेट मैदानले पेन्सिलभेनियामा सामूहिक प्रयासको प्रतिनिधित्व गर्ने बताए।
“यो क्रिकेट मैदान जीवन्त विविधता र सहयोगको भावनाको प्रमाणको रूपमा खडा छ, त्यो हाम्रो समुदाय भित्र फस्टाउँछ, “अध्यक्ष हेनरी भने “यो एक क्षेत्र मात्र होइन यहाँ संस्कृतिहरू मिल्छ, मित्रता छन् र खेलको लागि सबैको आफ्नोपनको भावना सिर्जना गर्दछ।’
उनले क्रिकेट पिचले यस क्षेत्रका बासिन्दाहरूलाई प्रोत्साहित गर्ने आशा गर्न सकिने पनि बताए।
डाउफिन काउन्टी बोर्ड अफ कमिश्नरका अध्यक्ष माइक प्रिसले डल्फिन काउन्टीमा ४३ हजार भन्दा बढी भुटानी समुदायको बसोबास रहेको भन्दै पाँच सय भन्दा सक्रिय क्रिकेट खेलाडी आफ्नो क्षेत्रमा रहेको पनि बनाए।
उनले बसोबासका लागि डाउफिन काउन्टी पेन्सिल्भेनियाकै उत्कृष्ट रहेको बताए।
डाउफिन काउन्टी बोर्ड अफ कमिश्नरका उपाध्यक्ष चाड सेलरले क्रिकेट पिच निर्माणले काउन्टीको आर्थिक विकासमा पनि सहयोग हुने बताए। उनले पेन्टर पीएमा नेपाली भाषी भुटानीको बाक्लो बसोबास रहेको र हरेक वर्ष विभिन्न राज्यबाट प्रतियोगिता खेल्न आउने खेलाडी र उनको परिवारका कारण स्थानीय व्यवसायीले पनि लाभ लिन बताए।
पेन्सिलभेनिया युनाइटेड क्रिकेट एसोसिएसन (पाउका) का निर्देशक निलेश पटेलले क्रिकेट पिच बन्नु खुसीको कुरा भएको बताए।
यस्तै भुटानी कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले क्रिकेट पिच बन्नु सकारात्मक कुरा भएको बताए।
‘हामी हाम्रो युवा पुस्ता क्रिकेट र फुटबल जस्ता खेलकुदमा संलग्न भएको हेर्न चाहन्छौँ यस्तो संरचनाले हाम्रो समुदायलाई लाभ दिलाउँछ।’ निरौलाले भने।
लोअर प्याक्सटन टाउनशिपका अनुसार क्रिकेट पिच एक सय १० फिट लामो, १२ फिट चौडा र दुई सय फिट सर्कलको बिचमा टर्फले ढाकिएको हुने छ।
मौसम अनुकूल भएमा एक महिना भित्रमा पिच पुरा हुने अपेक्षा राखिएको छ। आगामी मार्च देखि भने प्रतियोगिता नै खेलाइने छ।