एनआरएनए तनावः दुवै पक्ष पुगेर उजुरी लिएर प्रहरीमा [दुवै निवेदनसहित]
काठमाडौं । काठमाडौंका सोल्टी होटेलमा ११ औं महाधिवेशनको भव्य उद्घाटन पछि गरिएको निर्वाचन परिणामलाई लिएर अहिले गैर आवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । २ समूहमा विभाजित भएको एनआरएनभित्र अहिले कुटाकुटको अवस्था आउँदा दुवै पक्ष डा. बद्री केसी र राजेन्द्र कुमार शर्मा (आरके) पक्षले प्रहरीमै उजुरी दिएका छन् ।
मंगलबार आरके शर्मासहित एनआरएनको सचिवालय बालुवाटार पुगेका बेला पत्रकार ओम शर्मालाई युवा संघका कार्यकर्ता कुटुपिट गरेपछि पहिला शर्मा पक्षकले प्रहरी बृद्ध दरबारमार्गमा उजुरी दिएको थियो । बुधबार डा. बद्री केसीले पनि अर्को पक्षविरुद्ध प्रहरी बृत्त दरबारमार्गमा उजुरी दिएका छन् । केसीले जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न उजुरीमा माग गरेका छन् ।
उनले संघको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरू एवं संघमा कार्यरत कर्मचारीलाई दैनिक कार्य सम्पादन गर्न नदिने हेतुले उपविजेता भएका केही व्यक्तिहरुले दैनिक कार्यालयमा प्रवेश गरी अनधिकृत रूपमा जीउ, ज्यान र सम्पत्तिमा हानि नोक्सानी पुर्याउने हेतुले धम्की दिने लगायत कार्य गरी संघको दैनिका कार्य सम्पादनमा समेत असर गरेको उल्लेख गरेका छन् ।
आफूहरूलाई कार्यालयमा पूर्वमन्त्री महेश बस्नेतलगायत बधाई दिन पुगेका बेला उपविजेता भएका आरके शर्माको नेतृत्वमा वुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना, बेल्जियम निवासी पत्रकार ओम शर्मा लगायत व्यक्तिहरु प्रवेश गरी बस्नेतलाई गाली गलौच गरी अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्नेलगायतका कार्यमा संलग्न भएको केसीको निवेदनमा उल्लेख छ । मंगलबारको घटनलाई लिएर शर्मा पक्षले पनि उजुरी दर्ता गरेको थियो । प्रहरीले भने घटनाबारे छानविन भइरहेको जनाएको छ ।
डा. बद्री केसीले दिएको निवेदन यस्तो छ ।
पत्रकार ओम शर्मा एनआरएनएको सचिवालयमा कुटिए पछि आरके शर्माले दिएको उजुरी यस्तो छ ।