एनआरएनए सेसेल्सको आयोजनामा दशैं विषेश साङ्गितिक कन्सर्ट सम्पन्न
पेन्सिल्भेनिया । अफ्रिकी राष्ट्र सेसेल्समा करार कामदारका रुपमा नेपालीहरु कार्यरत छन् । त्यहाँ नेपालीहरुको संख्या १५ सय भन्दा बढी रहेकाछन। ११५ वटा टापुहरु मिलेर बनेको सेसेल्सको सबैभन्दा ठूलो र मुख्य सहर भिक्टोरिया हो । त्यहाँ रहेको गैरआवासीय नेपाली संघ एनआरएनएको राष्ट्रिय समन्वय परिषद्ले नेपालीहरुको हकहितका साथै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यसैक्रममा नेपालकी चर्चित गायिका रचना रिमाललाई त्यहाँ बोलाएर पहिलो पटक सांगितिक कार्यक्रमको आयोजना गरेको थियो । दशैंको बेला नेपालीहरु घर जान नपाए पनि राष्ट्रिय कलाकार रिमालको उपस्थिीतिमा आयोजित सांगितिक कार्यक्रममा करिब ४ सय भन्दा बढि नेपालीहरुको उल्लेख्य सहभागिता रहेको एनआरएनए सेसेल्सका अध्यक्ष मनोज वि क ले जानकारी दिए ।
भिक्टोरिया माहेमा आयोजना गरिएको कार्यक्रममा नेपाली कला संस्कृति झल्कने झाँकी पनि प्रस्तुत गरिएको थियो ।
यसैगरी एनआरएनएकै आयोजनामा दोस्रो ठूलो टापु प्रास्लिन्मा अक्टोबर २४ तारिखमा पनि आयोजना गरिएको अध्यक्ष विकेले बताए । प्रास्लिनमा भएको कार्यक्रममा एनआरएनएका पदाधिकारीसहित उपस्थित नेपालीहरुले सामूहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान गरको थिए जस्मा १५० भन्दा बढिको उपस्थिति रहेको थियो। कामदारका रुपमा रहेका नेपालीहरुले यसरी सामूहिक दशैं मनाएको त्यहाँका सञ्चारमाध्यमहरुले प्रमुखताका साथ समाचार सम्प्रेषण गरेका थिए ।
एनआरएन सेसेल्सले पहिलो मन्त्रिस्तरीय सरकारी भिजिट र दुतावासको पहिलो काउन्सलर सेवा द्वारा राहादानी नवीकरण गराउन सफल भइसकको छ भने पहिलो पटक राष्ट्रीय स्तरको कलाकारको उपस्थितिमा नेपालि सांगेतिक कन्सर्ट पनि एनआरएनए सेसेल्सको आयोजनामा गरिएको अध्यक्ष वि क ले बताए । सेसेल्स सबैभन्दा कम जनसङ्ख्या भएको सार्वभौम सम्पन्न अफ्रिकी देश हो। सन् २०२० सम्म यहाँको जनसङ्ख्या ९८,४६२ रहेको थियो।
सोह्रौँ शताब्दीमा युरोपेलीहरूले यस टापु अन्वेषण गर्नु अघि सेसेल्स बसोबास भएको थिएन। अठारौँ शताब्दीको अन्ततिर पूर्ण बेलायती नियन्त्रणमा नपुगुन्जेल यसले फ्रान्सेली र बेलायती हितसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। सन् १९७६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको घोषणा गरेदेखि यो धेरै हदसम्म कृषि समाजबाट बजारमा आधारित विविध अर्थव्यवस्थाको रूपमा विकसित भएको छ। द्रुत गतिमा बढ्दो सेवा, सार्वजनिक क्षेत्र र पर्यटन गतिविधिको विशेषता यहाँ रहेको छ। सन् १९७६ देखि २०१५ सम्म, कुल गाहस्थ उत्पादन लगभग ७००५ बढेको थियो भने र क्रय शक्ति समतामा लगभग १६००५ ले वृद्धि हासिल भएको थियो। सन् २०१० को दशकको अन्त्य देखि सरकारले विदेशी लगानीलाई प्रोत्साहन दिन कदम चालिरहेको छ।
हाल, सेसेल्स कुनै पनि अफ्रिकी राष्ट्रको प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादनको सबैभन्दा उच्च रहेको छ। यसमा मौरिसस पछि कुनै पनि अफ्रिकी देशको दोस्रो सबैभन्दा उच्च मानव विकास सूचकाङ्क रहेको छ। यो विश्व बैङ्क ९अर्को मौरिसस० द्वारा उच्च आय भएको अर्थतन्त्रको रूपमा वर्गीकृत दुई अफ्रिकी देशहरूमध्ये एक हो ।