अस्मिता अधिकारी र हरकुलिस बस्नेतले भर्जिनियामा साङ्गीतिक प्रस्तुति दिने

भर्जिनिया / अमेरिकाको भर्जिनियामा अस्मिता अधिकारी र हरकुलिस बस्नेतको साङ्गीतिक प्रस्तुत हुने भएको छ। एकेबी कम्पनीका आषिस भादेल,साकार थापा ,गणेश पाण्डे र अञ्जन अधिकारीले कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
कार्यक्रम नोभेम्बर २५ तारिख शनिवारका मनाससको सलिसबरी इभेन्ट सेन्टरमा (8890 Mathis Avenue,Virginia) मा हुने छ।
कार्यक्रममा स्थानीय ब्यान्ड पासाको पनि प्रस्तुति रहने जनाएको छ।
कार्यक्रममा उपस्थित हुन टिकट काट्नु पर्ने छ। अनलाइन बाट टिकट लिँदा ३० डलर लाग्ने छ। कार्यक्रम स्थलमा भने ४० डलर तिर्नु पर्ने छ।