एनआरएनए आइसीसी चुनाव: अध्यक्षमा चार जना, ८ पदले उम्मेदवार नै पाएन
पेन्सल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आसन्न निर्वाचनमा अध्यक्ष पदमा चार जनाको मनोनयन परेको छ।
एनआरएनए निर्वाचन आयोगले सोमवार प्रकाशित गरेको उम्मेदवारको मनोनयन पत्र दर्ता भएको उम्मेदवारको पहिलो नामावलीको सूचिमा बहालवाला दुई अध्यक्षले पुन सोही पदमा उम्मेदवारी दिएका छन्। यस्तै दुई उपाध्यक्षले पनि आफूलाई भावी अध्यक्षको रूपमा दाबी गरेका छन्।
वर्मामान कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्की अध्यक्ष रवीना थापाले पुन सोही पदमा उम्मेदवारी दिएका छन्।
यस्तै वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
६ खुल्ला उपाध्यक्षका लागि १८ जनाको मनोनयन परेको छ। महिला उपाध्यक्ष र यूथ उपाध्यक्षमा दुई दुई जनाको उम्मेदवारी परेको छ।
महासचिवको एक पदका लागि अमेरिकाबाट दुई जनाले मनोनयन दाखिला गरेका छन्। वर्तमान महासचिव गौरीराज जोशीले पुन सोही पदमा उम्मेदवारी दिएका छन्। यस्तै एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले पनि महासचिवमा उम्मेदवारी दिएका छन्।
दुई उपमहासचिवका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन्। यस्तै ६ सचिवका लागि १५ जनाको उम्मेदवारी दर्ता गराएका छन्।
महिला सचिवमा एक पदका लागि दुई जना मैदानमा उत्रिएका छन्। यस्तै कोषाध्यक्ष एक पदमा दुईको जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी नपरेका पदहरू
केही पदमा उम्मेदवारहरूको हानथाप हुँदा क्षेत्रीय स्तरका केही पदमा भने उम्मेदवारी नै परेको छैन ।
यसरी पद खाली हुनेको सङ्ख्या आठ पुगेको छ।
दोस्रो जेनेरेसन कोअडिनेटर पदमा उम्मेदवार नै पाएको छैन। यस्तै रिजनल यूथ कोअडिनेटरमा अफ्रिका र मध्य पूर्व खाली छ। डेपुटी रिजनल यूथ कोअडिनेटर ओसिया, युरोप र अफ्रिका खाली छ।
डेपुटी रिजनल ओमन कोअडिनेटरमा एसिया प्यासिफिक र अफ्रिका खाली छ।
अमेरिकामा आरसीमा दुई जना, डिआरसी निर्विरोध
अमेरिका क्षेत्रको संयोजकमा (आरसी) अमेरिकाका वेद बस्नेत र क्यानडाका राजेन्द्र पोखरेलको उम्मेदवारी परेको छ। यस्तै गरी यस अगाडि आरसी प्रचार गरेका अमेरिकाका सञ्जीव श्रेष्ठ डिआरसीमा निर्विरोध भएका छन्। श्रेष्ठ सँगै गोविन्द सुवेदी र पूर्णचन्द्र बानियाँ पनि डिआरसीमा निर्विरोध भएका छन्।
एनआरएनए आइसीसीको निर्वाचनमा मनोनयन गरेकाहरुको पूर्ण विवरण