उम्मेदवारी दर्तापछि महासचिवका उम्मेदवार सुवेदीले भने ‘चुस्त, दुरुस्त र परिणाममुखि काम नै मेरो प्राथमिकता’

काठमाडौं । अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै महासचिवमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता पछि सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
अध्यक्षका उम्मेदवार श्रेष्ठसँगै महासचिव पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने ‘हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं’ महासचिवका दावेदार बुद्धिसागर सुवेदिले भन्नुभयो ‘महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’
गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३-२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।