पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा पनि राखियो जमरा

ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया स्थित ल्यानक्यास्टरमा पनि दसै घर स्थापना गरी जमरा खारिएको छ।
वडा दशैको पहिलो दिन घट्सस्थापनाको अवसर पारेर आइतबार ल्यानक्यास्टरको दुई ठाउँमा दसै घर स्थापना गरी जमरा राखिएको हो।
वैदिक सनातन कीर्तन समाजले फ्रुटफिल पाइकमा रहेको अल्ट्रा फाउन्डेसनको भवनमा रहेको हलमा दसै घर स्थापना गरी विधिवतरुपमा जमरा राखेको हो।
यसै गरी माउन्टभिलमा रहेको ल्यानक्यास्टर अडल केयरको भवनमा रहेको हलमा गीता सार भजन समिति दसैँ घर स्थापना गरी विधिवतरूपमा जमरा राखेको हो।
दुवै स्थानमा नवरात्री सम्म दुर्गा नियमित दुर्गा पूजा हुने जनाइएको छ।



