एनआरएन उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता
काठमाडौं । गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले २०२३-२५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पहिला अध्यक्षको तयारी गरेका पौडेल पछि महेश श्रेष्ठलाई अध्यक्षमा सघाउने सहमति पछि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेका थिए ।
आइतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएको
जानकारी दिए । उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई उठाउने बताउँदै यसका लागि सबैको साथ लिएर अघि बढ्ने पनि जानकारी दिए ।
एनआरएनकाे अक्टोबर १९ तारिखमा हुने निर्वाचनका लागि साेमबार नेपाली समय अनुसार दिउँसो १ बजे सम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।