एनआरएनए जर्मनीका पूर्व अध्यक्ष मोक्तानको आइसीसी उपाध्यक्षमा दाबी

जर्मनी/ गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका पूर्व अध्यक्ष विजय मोक्तानले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
‘सामूहिक एकबद्धता, संस्थागत विकास ,पारदर्शिता, जवाफ देहीयता र समावेशी साथमा एनआरएनए सबै नेपालीहरूको साझा बनाउन ११औ महाधिवेशनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेको यहाँहरू सबैलाई जानकारी गराउँदै विश्वभर रहेका अग्रज तथा डेलिगेटहरुसँग अपिल गर्दै सहयोगको लागि आह्वान गर्दछु ।’उम्मेदवारी घोषणा गर्दै मोक्तानले भनेका छन्।
उनले आफुमा आइसीसी सदस्य देखि विभिन्न कार्यदलमा रहेर काम गरेको अनुभव भएको पनि बताएका छन्।
मोक्तानको अपिल
गैर आवासीय नेपाली संघको अभियानका क्रममा गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्ष, आईसीसी सदस्य देखी एनसीसी तथा आईसीसीको विभिन्न कार्यदलहरूमा रहेर काम गरी सकेको अनुभवलाई मध्यनजर गर्दै कार्यकाल २०२१/ ०२३ मा पदीय जिम्मेवारीको लागि अग्रज तथा साथीहरूले आग्रह गर्दा पनि तत्कालीन परिस्थितिलाई आत्मसात् गर्दै मार्गप्रस्सत गरी दिएको थिए तसर्थ गैर आवासीय नेपाली संघ (एनआरएनए )को आगामी १७-२० अक्टोबरमा हुने महाधिवेशनमा मेरा शुभचिन्तक, डेलिगेट्स एवं एनआरएनएका अग्रज तथा अभियन्ता साथीहरूको सल्लाह,सुझाव अनुसार आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।
सामूहिक एकबद्धता, संस्थागत विकास ,पारदर्शिता, जवाफ देहीयता र समावेशी साथमा एनआरएनए सबै नेपालीहरूको साझा बनाउन ११औ महाधिवेशनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेको यहाँहरू सबैलाई जानकारी गराउँदै विश्वभर रहेका अग्रज तथा डेलिगेटहरुसँग अपिल गर्दै सहयोगको लागि आह्वान गर्दछु साथै मलाई सल्लाह र सुझाव सहित उपाध्यक्ष पदमा आफूले चिनेका आफन्त साथी भाइ दिदी बहिनीहरूलाई पनि मतदान गरी मलाई विजय गराउन सहयोग गर्न समेत यहाँलाई अनुरोध गर्दछु।
हजुर को साथ सहयोग र सल्लाहको सधा आभारी रहने छु। धन्यवाद
विजय मोक्तान (जर्मनी)
उपाध्यक्ष पदका उम्मेदवार
एनआरएनए आईसीसी निर्वाचन २०२३–२०२५ कार्यकाल