तामझाम छोड्दै राष्ट्रपति, हिँडेरै इन्द्रजात्रामा सहभागी

काठमाडौं । विगतमा तामझामका साथ कुनै पनि जात्रा पर्वमा राष्ट्रप्रमुखको सहभागिता हुने चलनजस्तै बनिसकेको अवस्थामा यसलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलेले सामान्य सवारी गरेर धेरैको मन जितेका छन् ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट निस्कदै गर्दा सडक जामले हैरान खेपेका काठमाडौंवासी अहिले भने राष्ट्रपति पौडेलको सवारी हुँदा पत्तो पनि नपाउने अवस्था बन्दै गएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले यस्तो तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । तर, नियमावलीका कारण आफूहरु यसरी स्कर्टङि गर्नु पर्ने जवाफ दिएपछि राष्ट्रपति त्यसपछि बाहिर निस्किएनन् भने सरकारलाई नियमावली नै परिमार्जन गर्न लगाए ।
आफ्नो सुरुदेखिको मान्यतालाई कायम राख्दै आज पनि इन्द्रजात्राको अवसरमा उनको सवारीले कसैलाई बाधा गरेन भने जुद्ध शालिकबाट त हिँडेरै कार्यक्रमस्थल पुगे । जुन नेपालीका लागि नौलो अभ्यासनै रहेको छ ।
भीडभाड हुने भएकाले पहिला देखि नै काठमाडौं महानगरपालिकाले त्यहाँ अरु सवारी साधनलाई रोक्दै आएको थियो । यसलाई राष्ट्रपति पनि आम सर्वसाधारण जसरी नै हिँडेर जानुलाई सामाजिक सञ्जालमा पनि सकारात्मक चर्चा भएको छ ।
हेरौं यो फोटो फिचरमा





