४१९२ जनाको मतदाता नामावली प्रकाशित (लिस्टसहित)
गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरिएको छ । निर्वाचन समितिलाई एनआरएनएको सचिवालयले उपलव्ध गराएपछि मतदाता नामावली प्रकाशित भएको हो ।
यसअघि २४ तारिखमा सार्वजनिक गर्ने भनिए पनि २ दिन ढिला गरी मतदाता नामावली प्रकाशित भएको हो । आज पनि नेपाली समय अनुसार दिउँसो ३ बजे मतदाता नामावली प्रकाशित भएको थियो ।
तर, आधा घण्टामै उक्त नामावली वेभसाइटबाट हटाइएको थियो । पछि ६ बजेर ५९ मिनेटमा प्रारम्भिक लिस्ट सार्वजनिक गरिए पनि पहिला हटाइएको सूचनाकै समयलाई उल्लेख गरिएको छ ।
प्रारम्भिक सूचीमा ४ हजार १ सय ९२ जनाको नामावली प्रकाशित भएको छ । प्रकाशित नामावलीमाथिको दाविविरोधको समय २ दिनलाई तोकिएको छ । विहीबार साँझ ६ बजेसम्म अनलाइनमार्फत दावी विरोधको सूचना दिनुपर्ने छ । अन्तिम नामावली अक्टोबर १ तारिखमा प्रकाशित हुने छ ।
हेर्नुहोस् मतदाता नामावली ।