चलचित्र नाङ्गो गाउँको सिक्वेल घोषणा

काठमाडौं । नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेपछि चलचित्र ‘नाङ्गो गाउँ’ को सिक्वेल घोषणा गरिएको छ ।
चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामा र निर्मार्ता हिमाल कडरियाबीच ‘अ पोलिटिकल कमब्याक’ ट्यागलाइनसहित ‘नाङ्गो गाउँ २’ बनाउने सहमति भएको जनाइएको छ ।
दोस्रो फिल्ममा गाउँमा जरीको आतंकबाट वाक्क भएका गाउँलेहरुले काठमाडौं आएर पासाङलाई गाउँ फर्काउने छन् र जरीका खराब गतिविधिलाई रोक्ने प्रयास गर्ने बताइएको छ ।
अहिले नै सिक्वेल घोषणा गरिए पनि हलसम्म यो चलचित्र आइपुग्न भने डेढ वर्षजति लाग्ने छ । अर्को बर्षमात्रै छायाँकन गरिने निर्माता कडरियाले बताए ।