चलचित्र ‘हात्तीछाप’ को पोस्टरमा दयाहाङ र उपसना देखिए

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हात्तीछाप’ माघ २६ गते प्रदर्शनमा आउने भएको छ । अघिल्लो साता पहिलो पोस्टर सार्वजनिक गर्दा नै प्रदर्शनको मिति पनि तय भएको थियो ।
हात्तीछापको दोस्रो पोस्टर आइतबार फिल्मलेखक प्रदीप भारद्वाजले सामाजिक सञ्जाल फेसबुकमार्फत दोस्रो पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । अघिल्लो पोस्टमा भने अभिनेता सौगात मल्ललाई ‘बोतल राजा’को रुपमा प्रस्तुत गरिएको थियो ।
सिमोस सुनुवारको निर्देशन, प्रदीप भारद्धाजको लेखन रहेको हात्तीछाप चलचित्रमा सौगात, दयाहाङ राई, र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेका छन् । यसैगरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सनविक्रम राईलगायत कलाकारको पनि अभिनय देख्न पाइने छ ।
सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रका अधिकांश दृष्य काठमाडौं र पोखरमा छायाँङकन गरिएको छ ।