शाहरुख खानको जवानको राम्रै कमाइ

मुम्बइ । शाहरुख खान स्टारर फिल्म जवानले सफलताको नयाँ इतिहास बनाएको छ । रिलिज भएको दुई साता बितिसक्दा पनि शाहरुखको फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यसैबीच निर्देशक एट्लीको फिल्म जवानको १५ औं दिनको बक्स अफिस कलेक्सनको तथ्यांक सार्वजनिक भएको छ ।
७ तारिखबाट हलमा रिलिज भएको ‘जवान’ हेर्न अहिले पनि ठूलो संख्यामा दर्शक हलमा पुगेका छन् । जसका कारण शाहरुख खान स्टारर फिल्मको ब्यापार दिन प्रतिदिन बढिरहेको छ । रिलिजको पहिलो दुई सातामै धेरै ठूला चलचित्रलाई पछाडि पारेको ‘जवान’ले बक्स अफिसमा अझै बलियो पकड कायम राखेको छ ।
यस्तो अवस्थामा ‘जवान’ को १५ औँ दिनको बक्स अफिस कलेक्शन हेर्ने हो भने, Sacknilk को अनुमानित तथ्याङ्क अनुसार शाहरुख खानको ‘जवान’ ले बिहीबार ८–९ करोडको राम्रो व्यापार गरेको छ । ‘जवान’ले भारतका सबै भाषामा ५२५ करोड भारुको जादुई अंक पार गरेको छ ।
यदि १५ औँ दिनको सङ्कलन तथ्याङ्क जोड्ने हो भने ‘जवान’ हिन्दी बेल्टमा मात्रै ५०० करोडको व्यापार गर्नबाट केही कदम टाढा छ । ‘जवान’ले अहिलेसम्म हिन्दी बेल्टमा लगभग ४७औ-४७२ करोडको बक्स अफिस कलेक्सन गरेको छ।
फिल्म ‘जवान’ मा शाहरुख खानको एक्शन स्टाइललाई फ्यानहरुले मन पराएका छन् । एटली फिल्ममा विक्रम राठोड र आजादको दोहोरो भूमिकामा शाहरुखले धेरै एक्सन दृश्य दिएका छन् ।
यो वर्षको ‘पठान’ पछि अब किंग खानले ‘जवान’ मा आफ्नो एक्सन अवतारले सबैको मन जितेका छन् ।