संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि आज
काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ ।
पार्टी मुख्यालय वाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपराह्न १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।
गत मङ्गलवार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मङ्गलवार देखी राखिएको थियो । हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थिव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।
मङ्गलवार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुकहरूले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ ।