रास्वपामा फेरि कोर टिमको चर्चा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट बर्खास्तमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले कोर टिमबारे खुलासा गरेपछि अहिले सभापति रवि लामिछानेसहितको सिंगो पार्टी नै अप्ठेरोमा परेको छ ।
पूर्व सांसद श्रेष्ठले विगतमा आफू मन्त्री बन्नका लागि कोर टिमबाट रकम माग गरेको खुलास गरेका थिए । सोही प्रकरणमा सांसद पदबाटसमेत हात धोएका ढाकाकुमारले केही दिन अघि एक टेलिभिजन अन्तवार्तामा सभापति रवि लामिछाने निकट केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउनका लागि ३ करोड रुपैयाँ माग गरेको बताए । उक्त अन्तर्वार्ता प्रशारण भएपछि रास्वपाले केन्द्रीय सदस्य थापामाथि अनुसन्धान थालेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
गत चैतमा पनि रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।