भारत र पाकिस्तानबिचको क्रिकेट ‘रिजर्भ डे’मा गयो
कोलम्बो । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको सुपर फोरको खेल रिजर्भ डेमा गएको छ । कोलम्बोमा आज पानी परेपछि २४।१ ओभरभन्दा अगाडि खेल बढ्न सकेन । आज पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको थियो ।
पहिला ब्याटिङ गरेको आएको भारतले अहिलेसम्म २४।१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १२१ रनको साभेदारी गर्दै वलियो सुरुआत गरेका थिए ।
पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भए । रोहितले ५६ रनको अर्धशतकीय पारि खेले । उनी आउट भएपछिको अर्को ओभरमा अर्का ओपनर गिल पनि पभेलियन फर्कि । उनले ५८ रनको अर्धशतकीय पारि खेले ।
क्रिजमा अहिले विराट कोहली र केएल राहुल रहेका छन् । राहुलले समूह चरणमा खेलेका थिएनन् भने सुपर फोरमा खेल्न लागेका छन् । पाकिस्तानका सहेन साह अफ्रिदी र सदाव खानले एक एक विकेट लिएका छन् ।
वर्षात रोकिए पनि मैदान चिसो भएकाले खेल हुन नसकेको हो । अब सोमबार बाँकी ओभरको खेल हुने छ । सोमबार पनि यसो हुन नसकेमा डीएल अनुसार खेल अघि बढ्ने छ भने त्यो पनि हुन नसकेमा दुवै टिमले एक एक अंक लिने छन् । यसअघि समूह चरणको खेल पनि बर्षाका कारण प्रभावित हुँदा भारत र पाकिस्तानले अंक बाँडेका थिए ।