रक्षा मन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज
काठमाडौँ । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् ।
प्रोस्टेटमा समस्याका आएपछि खड्का भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका उनी आइतबार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।
शल्यक्रियापछि स्वास्थ्य लाभ गरी उनी आइतबार डिस्चार्ज भएको अस्पतालका निमित्त प्रशासन रजिस्टार महासेनानी अञ्जन केशर खत्रीले जानकारी दिए ।
अस्पतालका प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर भण्डारीको नेतृत्वको टोलीले सोही दिन उपप्रधान एवं रक्षा मन्त्री खड्काको प्रोस्टेटको सफल शल्यक्रिया गरेको थियो ।