कोसीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने सङ्केत गरेका छन् ।
शनिवार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको सङ्केत गरे ।
‘अब विकल्प कि मिलेर जानु ,कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्ने वाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ।’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट सङ्ख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वासमा छौँ। अरू पार्टीहरुकोे सातो गएको छ । यत्रो ठुलो सङ्ख्या छ । अर्को पटक त २० भन्दा बड्दैन् भनेर डराएका छन् ।’
उनले आफूहरू भ्रष्ट नभएको भन्दै कसैले औला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी गरे ।