बेलायती प्रधानमन्त्रीले भने, ‘हिन्दु हुनुमा म गर्व गर्छु’
नयाँ दिल्ली । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ ।
उनी श्रीमतीसहित भारत पुगेका हुन् । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।
एक सन्दर्भमा नलाई हिन्दु धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने, ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रवार भारत पुगेका हुन । एएनआईसँग कुरा गर्दै उनले हिन्दु धर्मसँगको आफ्नो सम्बन्धमा भने, ‘म हिन्दु हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।