भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल
काठमाडौँ । नेपाल साफ यु–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।
नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए ।
यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।
पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो ।