एमालेमा ठुलो पहिरो जादैँछ : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा ठुलो पहिरो जान लागेको दाबी गरेका छन् ।
बुधवार समाजवादी आदिवासी जनजाति काठमाडौँ भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठुलो पहिलो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनु पर्ने बताए ।
‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौँ भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरू घटिरहेका छन् ।’ उनले भने ‘तर हामीले यही मञ्चबाट तपाई हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । यो के को थालनि हो भने अब एमालेभित्र पहिरो जाँदैछ । हामीले सही बाटो लिने हो भने केही वर्षभित्र हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सक्छ ।’
अहिले पनि समाजवाद ल्याउन सकिँदैन बन्ने बाटोमा लागेको भन्दै एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप दोहोर्याए ।
उनले भने, ‘अहिलेको समाजवाद त ल्याउनै सकिँदैन भन्छ एमालेले । समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दसौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्ताबेज हेर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन । त्यसले जबज नै लक्ष्य हो भन्छ उसले । यसरी त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’