क्रिकेटको विकासका लागि, पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह
काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले, क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।
एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले प्रयाप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
‘अब चाहिँ हाई टाइम भई सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इनभेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरूमा सङ्घर्ष गरिरहेका हुन्थ्यौँ हामी।’ उनले भने ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खास गरी पिचहरू भयो भने तयारी गर्न सकिन्छ।’
यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसँग नेपालको खेलबाट आफू धेरै खुसी भएको बताए ।
विश्वका उत्कृष्ट बलरहरूलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए।
एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।